२७ भाद्र २०८१, बिहिबार

सन्तोषले पाए नयाँ जिवन, जिल्लामै पहिलो अप्रेशन

Khabarsabaiko बिहिबार, साउन ०२, २०७६

अर्जुन बोहरा सिमकोट हुम्ला
हुम्लाको सर्केगाढ गाउँपालिका ७ रोडिकोट निवासी २२ बर्षिय सन्तोष छत्यालले भने नयाँ जिवन पाएका छन । पेटभित्रको आन्द्रामा प्वाल परेर संक्रमण बढन थालेका विरामी छत्याल लाई सुविधा सम्पन्न अष्पतालमा लैजानको लागि जिल्लाका जिल्ला अष्पतालले रिफर गरेका थिए ।तर पनि लगातार बर्षातकै कारणले चार दिन देखि सिमकोटमा थन्कीनु परयो । नेपालगन्ज र सुर्खेतबाट हवाई सेवा नियमितरुपमा सुच्चारुप हुन नसक्दा विरामी लाई उपचारको लागि झन समस्या बल्झीयोकोे थियो । विरामी छत्याल लाई बचाउनको लागि सुविधा सम्पन्न अष्पतालमा लैजाने समस्या भएको विरामी छत्यालका आफन्तले बताए । तर जिल्लामा पहिलो पटक सदरमुकाम सिमकोटमै रहेको जिल्ला अष्पतालमै मेजर अप्रेसन गर्न सफल भएको छ ।
विरामी लाई बचाउनको लागि पनि विरामीका आफन्तले मन्जुर गरेपछि आन्द्रामा प्वाल परेको विरामीको पहिलो पटक अप्रेशन गरको हो । विरामी छत्यालको पेट माथिबाट तल सम्म चिरेर आन्द्राको प्वालमा घुसाएर सफा गरेको र आन्दा लाई टालेको जिल्ला स्वाथ्य कार्यालयका डा दुर्गा सुर्खालीले बताउनु भयो । यो पहिलो पटक जिल्ला अष्पतालमैआन्द्रा भित्र पटी प्वाल परेको खाना खाएको कुराहरु दिशा लिक भएको हुनाले पेटमा सक्रमण बढन थालेपछि बाध्य भएर बिशेषज्ञय डाक्टर द्धारा अप्रेशन गरिएको आफन्तले बताएका छन । चेकजाँच गर्दा पेट भित्र रहेको आन्द्रामा प्वाल परेको पत्ता लागे पछि जिल्ला बाहिर आफुले रिफर गरेको प्रमुख डा सुरर्खालीले बताउनु भयो । उहाँका अनुसार आन्द्रामा प्वाल परेको(Duodenal Perforation) अत्ति गम्भिर स्वास्थ्य समस्या भयको विरामीलाई सिमीत स्रोत साधनको ऊचित व्यवस्थापन गरी विसेषज्ञ डा.सिदार्थ खातीको नेतृत्वमा डा. दुर्गा सुर्खाली,डा.टासी लामा र सरीता वोहोरा लगायत अस्पतालको टिमले सफलता पुर्वक जटिल सल्यकृया (Exploratory Laparotomy with Modified GrahamÚs Patch Repair) सम्पन्न गरेको छ ।
मौसम प्रतिकुलकै कारणले जहाज आउन नसकेपछि विरामी लाई बचाउनको लागि पनि अप्रेशन गर्नु परेको जिल्ला अष्पताल श्रोतले बताएको छ।
लामो समय देखि .पेटभित्रका विरामले सताएका छत्याल लाई जिल्लामै पहिलो पटक अप्रेसन भए पछि नयाँ जिवनको शुरुवात भएको छ ।
जिल्लाकै लागि पनि पहिलो पटक अप्रेसनको सफलता मिलेको छ । यदि समयमै अप्रेशन नभएमा ज्यान जाने सक्ने खतरा लाई आफन्त संग राया लिएर जिल्लामा शल्यक्रिया गरेको जिल्ला अष्पता हुम्लाका डा टसी लामाले बताए । आन्द्रामा प्वाल परेपछि छत्याल लाई पेटभित्रै संक्रमण बढ्नथाले पछि बाध्य भएर अप्रेशन गरेको बताए । डाक्टरले लिएको जोखिम बाटै अप्रेशन गर्न जटील भएको बताए ।
जिल्लामा न प्राप्तमात्रमा अप्रेशन गर्ने उपकरणका श्रोत साधन छ न त जिल्लामा यस्तो अप्रेशन नै भएकै थिएन । तर, विशेषज्ञपनि डा. शिद्धार्थ खातीसंगै डा. टसी लामा र डा दुर्गा सुरर्खाली सहितकोे र्नसिङटिमी लगायतको टोलीले अप्रेशन सफल पारेको छ । विरामी छत्याल लाई बचाउन निकै समस्या भएकै कारणले मंगलबार अपरान्ह ५ बजे देखि ७ बजे सम्मकै समयमा अप्रेशन गर्न सफल भएको डा सुर्खालीले बताए ।
अविरल बर्षाकै कारणले विरामी छत्याल लाई न सुर्खेत नत नेपालगन्जमा लैजाने समय थियो न जिल्लामै अप्रेशन गर्नको लागि सुविधा युक्त उपकरण थिए । तर जिल्लामा रहेका डाक्टरहरुले भने अप्रेशन गर्नको लागि सुविधा नहुँदा पनि आफ्नो कुशलता प्रयोग गरेर भए पनि विरामी छत्यालको शल्यक्रिया सफल पारेको छन । जिल्ला अस्पतालका अनुसार हुम्लामा पहिलो पटक यस्तो विरामीको अप्रेशन गरेको छ । लामो सयम सम्म अप्रेशन नभएमा आन्द्रमा यो संक्रमण बढ्न थाले पछि २ घण्टा भित्र अप्रेशन गरेको हो । डा टसी लामले भन्नु भयो जिल्लामा अनुभवी बिशेषज्ञय डाक्टर शिद्धार्थ खाती लगायतका अनुभवी डाक्टरले साधन श्रोतको अपुगकै विचमा अप्रेशन सफल पारेको हो ।

यहाँ कमेन्ट गर्नुहोस्