१६ आश्विन २०८१, बुधबार

वर्षाले सर्केगाड बजारमा क्षेती

Khabarsabaiko शुक्रबार, साउन १०, २०७६

केही दिन यता देखी लगातार परेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो जानथालेको छ । जिल्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा चारमा पर्ने सर्केगाड बजार क्षेत्रमा बुधबार राति परेको वर्षाले क्षेति पुराएको छ ।

वडा चार बजार क्षेत्रमा रहेका खेतबारी ज्युउलामा माथिबाट आएको पहिरोले ढुङ्गा जाँदा क्षेति पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । साथै वर्षाका कारण वडा चार निवासी दन्त बहादुर शाही, उब्जन शाही, प्रकाश शाही र विरबहादुर साउदको घर चर्काउनुको साथै सामान्य क्षेति पुगेको सर्केगाड प्रहरी चौकीलाई उद्धित गर्दै जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक रामप्रसाद घर्ति मगरले जानकारी दिनुभयो ।

पहिरो र ढुङ्गा खस्दा बजार क्षेत्रमा रहेका खानेपानी पाईप फुटाएर पानीको लागी समस्या बनाएको छ । पहिरो र खसेको ढुङ्गाले अन्य क्षेति नपुगाएको उहाँले जानकारी दिनुभयो ।

पहिरो खस्दा कार्तिकमा उत्पादन हुने लगाईएको बालीनालीमा क्षेती पुगेको जानकारी उहाँले बताउनुभयो । पहिरोले खेतमा लगाएको बालीनाली बगाउँदा स्थानीय चिन्तीबनेको जानकारी प्राप्तभएको छ ।

जिल्लाका अन्य गाउँपालिकामा रहेका गोरेटा दैनिक दिन आवात जावत गर्ने बाटाहरु समेत भत्काएको पाईएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्