१६ आश्विन २०८१, बुधबार

जुम्ली जनताको गुनासो सुन्न घरदैलो पुगे सांसद महत

Khabarsabaiko शुक्रबार, साउन १०, २०७६

जुम्ला,
जुम्ला एक उर्जाशिल जुम्ली जनताको आस्थाका केन्द्र मानिने प्रतिनिधिसभाका सांसद तथा नेकपाका जुम्ला जिल्ला इन्चार्ज गजेन्द्रबहादुर महत जुम्लाको ग्रामीण बस्ती बस्तीमा पुगेका यहाँका जनताको गुनासो सुन्न घरदैलो अभियान गरेको छन् ।

जुम्ली नागरिकका समस्या बुझ्न र गुनासा सुन्न उनी गाउँबस्तीमा पुगेका हुन् सांसद महत भन्छन, ‘देश संघीयतामा गएसँगै आफ्नो गाउँको समृद्धिका लागि आफुले केन्द्रीय राजनितिकमा जुम्लाको विकासे कुराहरु सांसद्रहलमा बारम्बर आवाज उठाएको सांसद्र गजेन्द्र महतले बताउनुभयो

उनले भने नेकपाको सरकारले नेपाली जनता हितमा काम गरेको बताए । देशमा तिन सरकारको गठन भएको र जनताको प्रत्यक्ष समस्यालाई समाधान गर्न प्रदेश सरकार र स्थानीय सरकारको काम बदी संघले दिएकोले यहाँका स्थानीय सरकारले त्यहा जनताको समस्या अनुसार काम गर्न स्थानीय सरकारले जनताको हरेक विकासे काम सहभागिता गराउनु पर्ने बताउनुभयो ।

नेकपाका कर्णाली प्रदेश कमिटीका सदस्य पुर्णप्रसाद धितालले विकासका विरोधीहरुले कम्युनिस्टको सरकारले गरेको कर्यप्रतिको भ्रम फैलाइएको दाबी गरे । उनले भने, ‘कसैले आरोप लगाउँदैमा नेकपाको सरकार नागरिकको विकास र मुलुकको समृद्धिका लागि पछि हट्दैन।’ त्यस्तै नेकपाका कर्णाली प्रदेश कमिटी सदस्य धीरेन्द्रराज गिरीले नेकपाको सरकार नागरिककै विकास र समुद्धिका लागि आएको सरकार भएको उल्लेख गर्दै नेकपाको सिद्धान्त ,ब्यक्तिमुखी नभएर नागरिकमुख भएको जिकिर गरे ।

यहाँ कमेन्ट गर्नुहोस्