१६ आश्विन २०८१, बुधबार

स्वास्थ्यचौकीमा सुत्केरीको मृत्यु

Khabarsabaiko बुधबार, साउन १५, २०७६

हुम्ला,
हुम्लाको सर्केगाड स्वास्थ्यचौकीमा प्रसुतिका लागी ल्याईएकी एक महिलाको मृत्युभएको छ । बुधबार विहान प्रसुतिका लागी सर्केगाड स्वास्थ्यचौकीमा भर्नाभएकी वडा चार साँया गाउँ निवासी २० वर्षिया अनरुपा बि. क. को आज विहान एघार बजे मृत्यु हो । टमटालाई सुत्केरी व्यथा लागेपछि बुधबार विहान सात बजे प्रसुति गृहमा ल्याएता पनि दुर्गम क्षेत्रमा उपकरण नहुँदा स्वास्थ्यचौकीको प्रसुति गृहमा स्वास्थ्यचौकी प्रमुख देवेन्द्र विर मगियाले जानकारी दिनुभयो ।

मृतक टमटालाई आज विहानबाट एक्कासी सुत्केरी व्यथा लागे सँगै स्वास्थ्यचौकीमा पुराएता पनि बच्चा पाउन नसक्दा आमा र पेटभित्र रहेको बच्चा दुबैको मृत्युभएको प्रमुख मगियाले जानकारी दिनुभयो ।

सुत्केरी व्यथा लागेकी बि .क. लाई स्वास्थ्यचौकीमा पुराएता पनि प्रसुतिका साधनको कमीले, आमा र पेटभित्ररहेको बच्चा दुबैलाई बचाउन नसकिएको उहाँले जानकारी दिनुभयो ।

दुर्गम जिल्ला हुम्लाका प्राय स्वास्थ्यचौकीमा सुत्केरीआमाको लागी औषधि, उपकरण नहुनुले अकालमा नै ज्यान गुमाउने गरेका छन् ।

जिल्लाका महिलाले सानै उमेरमा विबाह गरेर छिटो बच्चा पाउने आशमा सुत्केरी व्यथा लाग्दा ज्यान गुमाउनुपरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्