नेत्र शाही, जुम्ला
सानाजलविधुत उपभोक्ता समितिको निर्माणधिन विद्युत बन्न ढिलाई भएपछि १७ दिन देखी पूर्ण अध्यारो जुम्ला सदरमुकाम उज्यालो गर्न सांसद विकास कोषको लगानीमा डिजेल प्लान्टबाट बत्ति बालिने भएको छ । भारतीय राजदुताबासको सहयोगमा निर्माणाधिन मेशिन जडान नहुदै बिग्रिएपछि मेशिन बन्ने समय सम्म डिजेलबाट जुम्ला सदरमुकाम उज्यालो गरिने भएको साना जलविधुत उपभोक्ता समितिका अध्यक्ष बिष्णुबहादुर बुढ्थापाले जानकारी दिनुभयो ।
सदरमुकाम उज्यालोका लागि जुम्लामा प्रतिनिधीसभा सांसद गजेन्द्रबहादुर महतको सांसद विकास कोषबाट रु २४ लाख ६० हजारको लगानीमा डिजेल प्लान्ट मेशिन खरिद गरिएको अध्यक्ष बुढ्थापाले जानकारी दिनुभयो । निर्माणाधिन मेशिन साना जलविधुत उपभोक्ता समितिको पावर हाउसमा पुगिसकेको र ढुवानीको भने बिल पुग्न वाँकी रहेको उहाँको भनाई छ । मेशिन पुगेपछि ट्रकबाट उतार्न कठिन भएकाले डोजरको प्रयोग गरिने भएको समितिले जनाएको छ । नेपालगंजबाट ४ दिन लगाएर ज्याक्सन कम्पनीको दुई सय केभी ९ १६० किलोवाट० को मेशिन जुम्ला पुगेको हो ।
सांसद महतले जुम्ला सदरमुकाम बत्ति विहिन भएपछि सरकारी कामकाज देखी जनतालाई चाडपर्वको बेला अध्यारो भएको भन्दै रु ५० लाख अल्पकालिन बत्ति वाल्नका लागि बिनियोजन गरिएको बताउनुभयो । भारतीय दुतावासले सहयोग गरेको मेशिनको बिग्रेको भाग भने बनाउनका लागि निर्माणको ठेक्का लिएका पुस्करलाल दुवैले जुम्लाबाट भारततिर पठाएको बताउनुभएको छ । नयाँ आएको डिजेल प्लान्टबाट उत्पादन हुने बत्ति भने सौलियत गरिने बताईएको छ ।
मेशिनको लागत, ढुवानी, तेल खर्चको बिषयमा जडान भएर सञ्चालन भएपछि सार्वजनिक सुनुवाई गरिने नेकपा कर्णाली प्रदेश सदस्य पूर्णप्रसाद धितालले बताउनुभयो । १८ दिन देखी बत्ति बिहिन जुम्ला भएपछि सरकारी कामकाज प्रभावित हुनुका साथै २२ हजार उपभोक्ता अध्यारोमा छन् ।