About Contact Links
Close
बिज्ञापन
तीन दिन देखी दुई बिशोरी सम्पर्क विहीन

दाने बोहरा शनिबार, साउन १८, २०७६ मा प्रकाशित

हुम्ला,

हुम्लाका दुईजना किशोरी साउन १५ गतेदेखि सम्र्पकविहीन रहेका छन् । सर्केगाड गाउँपालिका–७ रोडिकोट निवासी टङ्कप्रसाद काफ्लेका १३ वर्षीया छोरी लक्षुका काफ्ले र सिमकोट गाउँपालिका–७ डाँडाफयाको पाम्लाथुङ गाउँ निवासी लक्षुकै साथी सङ्गीता शाही साउन १५ गतेदेखि घरबाटै सम्पर्कविहीन भएका हुन् ।

लक्षुका काफ्ले भने रातो गौ गोरो अनुहार कि दाहिने आँखामुनि खत भएकी रातो कुर्ता सुरुवाल लगाएकी कोट माविमा कक्षा ८ मा अध्ययन गर्ने र सिमकोट गाउँपालिका–७ कि पाँप्लाथुङका सङ्गीता शाही सोही विद्यालयको कक्षा ८ मा अध्ययन गर्ने र रातोगोरो अनुहारकी मोटी शरीर भएकी १५ गते दिउँसो घरबाट हराएकी लक्षुका बुबाले जानकारी दिनुभयो ।

साथै दुवै किशोरीका आमाबुबाले छोरी हराएको भन्दै खोजी गरी दिनका लागि जिल्ला प्रहरी कार्यालयमा आग्रह गरेका छन् । जिल्ला प्रहरी कार्यालय हुम्लाले भेटाउनु हुनेले नजिकैको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालय हुम्लाको १०० मा सम्पर्क गर्नुहुन आग्रह गरेको छ । घरबाट निस्किएको “तीन दिन बितिसक्यो अहिलेसम्म सम्पर्कमा आएकी छैनन् लक्षुका बुबा काफ्लेले बताउनुभयो ।

सम्बन्धित

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७