१६ चैत्र २०८०, शुक्रबार

प्रभावकारी कामको लागि भन्दै नाम्खा गाउँपालिका द्धारा उपभोक्ता समितिलाई तालिम

Khabarsabaiko सोमबार, साउन २०, २०७६

मन्दिर सिंह
हुम्लाको उतरी नाम्खा गगाउँपालिकाले उपभोक्ता समितिलाई एक दिने आधारभुत तालिम दिएको छ । आईतबार नाम्खा गाउँपालिकाको याल्वाङ्ग गाउँमा तालिम सञ्चालन गरिएको नाम्खा गाउँपालिका स्वाथ्य संयोजक नर भण्डारीले बताउनु भयो ।
नाम्खा गाउँपालिका वडानं २/३ का गाउँका उपभोक्ता समितिका पदधिकारी र वडा अध्यक्ष तथा सदस्यहरु गरि ३० जान सहभागी हरुलाई उपभोक्ता समितिको काम कर्तव्य अधिकार र लगायतको बारेमा जानकारी गराउको छ । विकास निर्माण काममा योजनाका उपभोक्ता समितिले योजनाको कामबारेमा कसरी प्रभावकारी बनाउने भन्ने बिषय र उपभोक्ता समितिले भोग्दै आएको समस्या लाई कसरी समाधान गर्ने विषयलाई लिएर तालिम सञ्चालन गरिएको नाम्खा गाउँपालिका अध्यक्ष विष्ण बहादुर लामाले बताउनु भयो ।
आर्थिक बर्ष २०७६/०७७ सालको आगामी बर्षको योजनाका काम दिगोपन हुने गरि उपभोक्ता समितिले समयमौ काम सम्पन्न गर्नु पर्ने बिश्वास गाउँपालिकाका लामाले बताउनु भयो ।उपभोक्ता समितिले योजना कामको बारेमा जानकारी नभए पछि योजनाको सम्झौता, प्राविधिकले दिएको स्टमेट, डोर जाजिर त्यसैगरि सामाग्रीको विल भर्पाई, जन श्रमदान जस्ता लगायतका कामहरुमा उपभोक्ता समितिले दुःख पाइराखेकाले उक्त कामलाई सहजिकरण गर्न तालिम गरिएकोे नाम्खा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दराज गरिले बताउनु भयो । उनका अनुसार योजनाको कामको बारेमा जानकार सहितको योजना कार्यान्वयन गर्दा स्थानीयलाई हुने फाइदा र उक्त तालिमले प्रशासकीय काममा छिटो छरितो हुने भएकोले पहिलो पटक यो तालिम दिएको बताउनु भयो ।

यहाँ कमेन्ट गर्नुहोस्