१५ मंसिर २०८०, शुक्रबार

प्रदेशको पहिलो हेलिप्याड जिल्ला अस्पताल हुम्लामा

Khabarsabaiko बिहिबार, साउन २३, २०७६

हुम्ला
कर्णाली प्रदेश सरकारको आयोजनामा पहिलो पटक हुम्ला जिल्ला अस्पतालमा हेलिप्याड निर्माण भएको छ । प्रदेशका दश वटै जिल्ला अस्पतालहरुमा हेलिप्याड निर्माणका लागि कर्णाली प्रदेश सरकारकार सामाजिक बिकास मन्त्रालयकोे बिनीयोजित भएको बजेटले हुम्लामा भने हेलिप्याड निमार्ण सम्पन्न भएको छ ।

दश वटा जिल्लामा विनियोजित भएको बजेट अधिकाँस जिल्ला बाट रकम फ्रिज गए पछि हुम्लामा प्रदेशकै नमुना हेलिप्याट बन्नुका साथै एक सय मिटर अस्पताल हातभित्र विरामी लाई लैजान सहजको लागि बाटो पिच, ल्याप विस्तार,इमर्जिन्सी कोठाहरु भुईमा सिलीङ्ग गरेको जिल्ला अस्पताल व्यबस्थापन समितिका अध्यक्ष छेपालदोर्जे लामाले जानकारी दिनु भयो ।

पहिलो पटक प्रदेश सरकारले जिल्ला अस्पतालको लागि ६० लाख बजेट असारमशान्त नजिकै पठाए पछि जिल्ला अस्पताल हुम्ला व्यस्थापन समितिले सिधै हेलिप्याड निर्माण र हेलिप्याडबाट आकस्मिक कक्षसम्म एम्बुलेन्समा बोकाएर लैजानको लागि सडक पिच गरिएको जिल्ला अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष लामाले बताउनु भयो ।

कर्णाली प्रदेश सरकारले सबै जिल्ला अस्पतालहरुमा हेलिप्याड निर्माणका लागि भन्दै बजेटको ब्यबस्था गरेको भएता पनि अन्य ९ वटा जिल्लामा निर्माण नभएर बजेट फ्रिज गएको अबस्थामा हुम्लामा भने हेलिप्याड निर्माण गर्न सफल भएको छ । सिमकोट बिमानस्थल देखि जिल्ला अस्पतालसम्म पुग्नको लागि घुमेर बिरामीलाई हेलिले उद्धार गर्दा बढी समय लाग्ने भएका कारण हेलिप्याडको आबश्यक रहेको हुँदा जिल्ला अस्पतालमा हेलिप्याट निर्माण सम्पन्न भएको हो ।

अस्पताल हातामा हेलिप्याड निर्माण सम्पन्न भए पछि पहिलो पटक चार दिनसम्म सुत्केरी ब्यथाले थलिएकी एक महिलाको उद्धार गरेर हेलिकोप्टमा ल्याएको र उक्त हेलिप्याडमा हेलिकोप्टर अबतरण गराएको जिल्ला अस्पतालका डाक्टर टसी लामाले बताउनु भयो ।

हेलिप्याड संगै ह्वील चियर र एम्बुलेन्सको लागी बाटो पनि पिच भएका कारण हेलिमा उद्धार गरेर ल्याएका बिरामीहरुलाई अस्पतालको आकस्मिक कक्ष सम्म लैजान निक्कै सहज भएको डा लामाले बताए ।

अस्पतालकै मैदानमा हेलिले अवतरण गर्दा नजिकै रहेको ल्याब र इमरजेन्सी कक्ष भित्र धुलो उडेर जाने भएपछि पटक पटक ढोका बन्द गर्नु पर्ने अबस्थाको अन्त्य भएका डाक्टर सरो प्रजापतिले बताउनु भयो । उता हेलिको हावाले पनि अस्पतालको भवनका छानामा छाएका जस्तापाता उडाउने डर थियो अब देखि त्यो चिन्ता पनि हटेको उहाँले बताउनु भयो ।

बिरामी उद्धार गरेर ल्याण्ड गर्दा मानिसहरुको भिडभाड निक्कै हुने र त्यतिखेर मानिसको हुललाई नियन्त्रण गर्न पनि कठिन हुने भएको अबदेखि त्यो सम्स्या हटेको छ ।

जिल्ला अस्पतालमा निर्माण भएको हेलिप्याडमा विरामीको उद्धारमा खटिएको हेलिकप्टर

यहाँ कमेन्ट गर्नुहोस्
%d bloggers like this: