ताजा समाचार

|| प्रकशित मिति : 2019-08-25

अर्जुन बोहरा सिमकोट हुम्ला
सिमकोट गाउँपालिका वडानं ७मा रहेको कैलाश माध्यामिक विद्यालयको ४४औं बार्षिक उत्सव एवम् अभिभावक भेला आज सम्पन्न भएको छ विद्यालयका शिक्षक बलबहादुर शाहीले स्वागत मन्तब्य राख्नु भयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मेजबहादुर बुढाले विद्यालयको प्रगति प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । आया ९६ लाखा ४० हजार ९ सय ३८ रुपायाँ ८८ पैसा व्याया ७५ लाखा ५० हजार १सय ४६ रुपायाँ ६५ पैसा र बैक मौज्याद २० लाख ९० हजार ७ सय ९२ रुपायँमा २३ पैसा रहेको आर्थिक बर्ष २०७५÷०७६ सालको आयब्याय समेत प्रस्तुत गरीएको थियो ।
बार्षिक उत्सवको बधाई तथा शुभकामाना मनत्वय दिने क्रममा जिल्ला समन्वय समितिका प्रमुख दान रावतले अबको शिक्षा अनुशासनको रुपमा लिनु पर्ने आग्रह गर्दे भन्नु भयो ।
कैलाश मावि डाँडाफयाको बार्षिक उत्सवको निमान्त्रा कार्यक्रमा पुग्नु भएका नेकपा केन्द्रियस सदस्य तथा जिल्ला इन्जार्च विजय भण्डारीले गाउँपालिकाको सरकार भनेको घरदैलो सरकार भएकोले पहिलो प्रथामिकता गाउँपालिकाले लिनु पर्ने आग्रह गर्नु भयो । उहाँले शिक्षा लाई नयाँ प्राविधीक शिक्षामा लैजानु पर्ने अबस्था आएकोले पनि आफनै पार्टीकै प्रदेश र केन्द्रीय सरकार भएकाले मौखिक रुपमा भनेर पनि विद्यालयको विकासको लागि लागि पर्ने प्रतिवद्धता जनाउनु भयो
हरेक बिषय लाई लिएर हुम्लाका राजनितीक दलहरुले राजनितीकरणमा प्रतिस्पर्धा गर्ने दलहरु पछिल्लो समयमा फरक बाटोमा गएको देखिन्छ । शनिबार कैलाश मावी डाँडाफया माविको बार्षिक उत्सवमा बोल्दै नेपाली काँग्रेस जिल्ला पार्टी उपसभापाित कैलाश भण्डारीले व्यक्तिगत स्वार्थका आधारमा विद्यालय क्षेत्रमा राजनितीक अन्त्य गरि हामी सबै एक जुट भएर लाग्नु पर्ने अबस्था भएको बताउनु हुन्छ ।
हरेक बर्ष चर्चा परिचर्चामा चुलिएको कैलाश मावि डाँडाफया यतिखेर त्यहाँ राजनितीक दलहरुको फरक धारण आएको छ । आफु पनि दलकै व्यक्ती भएकोले सबै दलले विदालयमै राजनितक आजको मितीमो अन्त्य गरौ र कोहि शिक्षा क्षेत्रमा राजनितीक गर्छ भन्ने त्यसको विरुद्धमा सबै लाग्न आग्रह नेकपाका जिल्ला किमिटी सदस्य महेन्द्र बहादुरु शाही अबिराम  गर्नु हुन्छ  ।
शनिबारमा संचालन भएको कैलाश माविको ४४ औ बार्षिक उत्सव तथा अभिभावाक दिवसको समापान कार्यक्रम बोन्दै विद्यालयका अध्यक्ष तथा वडा अध्यक्ष राजबहादुर शाहीले आफनो वडामा ाभएका विद्यालय भन्दा कैलाश माविनै राम्रो भएको प्रसंसा गर्दै भन्नु भयो । विद्यालयलाई विभिन्न क्षेत्र बाट सहयोग गर्ने सहयोगिदता, अभिभावक, शिक्षकलाई सम्मानका साथै विद्यालयका बिभिन्न अक्तिरिक्त क्रियाकलाप र खेलकुदमा प्रथम, द्धृतिय र तृतिय स्थान हुने विद्यार्थिलाई पुरस्कार समेत वितरण गरीएको थियो । आजै भएको बार्षिक उत्सवमा कैलाश माविको खेलमैदान संग मन्च नभएको भन्दै जग बसाउनको लागि जिल्ला समन्वय समितिका प्रमुखले ५५ हजार सहयोग गर्ने घोषण गर्नु भएको खबर हाम्रा सहकिर्म मन्दिर सिहले जानकारी दिनु भयो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष राजबहादुर शाहीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अथिती जिल्ला समन्वय समिति प्रमुख दान बहादुर रावतको हनु भएको थियो । भने विशिष्ट अतिथीमा नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला इन्जार्च विजय भण्डारी रहनु भएको थियो ।


सम्बन्धित

प्रधान सम्पादक

पदम राज हमाल

मो.नंः ९८४८७३५९९१

 

 

 

 

Twitter

Facebook

हाम्रो बारेमा

खबर सबैको मल्टिमिडिया प्रा.लि

सिमकोट – ५, हुम्ला

सुचना विभाग दर्ता नंः   ११९८-०७५-०७६

विज्ञापन तथा जानकारीका लागि :
[email protected]

[email protected]

 

 

 

Copyright © 2015-2019 Khabarsabaiko