About Contact Links
Close
बिज्ञापन
मोटर जल्दा सिमकोट अन्धकार,मर्मतको लागी मेशिन नेपालगञ्ज पठाउने तयारी

दाने बोहरा बिहिबार, भाद्र १२, २०७६ मा प्रकाशित

हुम्ला,
हुम्लाको सदरमुकाम सिमकोट बुधबार साँझ देखि अन्धकार बनेको छ । हिल्दुम साना जलविद्युत आयोजनाको पावर हाउसमा रहेको मोटर जलेपछि सदरमुकाम सिमकोट लगायत आसपास क्षेत्रका स्थानीय बुधबार देखि अन्धकारमा बस्न बाध्यभएका छन । करिब १५ वर्ष देखि काम चलाईदै आएको मोटर जल्दा बुधबार बेलुकाबाट सिमकोटको विद्युत पूर्ण रुपमा अबरुद्ध भएको हिल्दुम वितरण केन्द्रका प्रशासन प्रमुख तथा अहिलेका निमीत्त यम प्रकाश खडकाले जानकारी दिनुभयो ।

दुई दिन अघि देखि समस्या आउँदा बुधबार मोटर जल्दा यहाँका स्थानीय अन्धकारमा बस्न बाध्यभएका छन । जलेको मोट मर्मतका लागी विहिबार नेपालगञ्ज पठाउने तयारी भएता पनि हवाई जहाजले मध्यानको सम्म उडान नभरदा शुक्रबार मात्रै पठाउने तयारी भईरहेको उहाँले जानकारी दिनुभयो ।

हिल्दुम साना जलविद्युत आयोजनाको पावर हाउसमा रहेको पुरानो मोटरमा चार जना विद्युतका कर्मचारीले एक दुई सम्म जलेको मोटर मर्मत गरी सिमकोट पुग्दा सम्म पुरानो मेसिनलाई बनाउने काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

विद्युत सेवा अवरुद्ध भएपछि सिमकोट र खार्पुनाथ गाउँपालिकाका करिब १८ सय भन्दा बढी घरधुरी विद्युत सेबाबाट वञ्चित भएका छन् ।

सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालय, उद्योग, कम्प्युटर ईन्स्चिउटले बत्ति नहुँदा सास्ति भोग्नुपरेको छ ।

सम्बन्धित

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७