०४ बैशाख २०८१, मंगलबार

जुम्ली किसान लाई स्याउ टिप्न भ्याइनभ्याई

Khabarsabaiko शनिबार, भाद्र १४, २०७६

जुम्ला ।

तिला गाउँपालिकाकी माने रावतलाई आफ्नो बगैंचामा फलेका स्याउ टिप्न भ्याइनभ्याई भएको छ । चन्दननाथ १० की माया देवकोटा पनि एक सातादेखि बारीमा स्याउ टिप्न व्यस्त देखिनु भएको छ । उनीहरू दुवैको स्याउ बारीमा करिव १ सय ५० स्याउका बोट छन ।

उनीहरू मात्र होइन, जिल्लाका किसानलाई अहिले स्याउ टिप्ने चटारो छ । भदौ लागेसँगै किसानलाई स्याउ टिप्न भ्याइनभ्याई भएको हो । अधिकांश किसान बिहान सबेरै देखि राति अबेरसम्म स्याउबारीमै व्यस्त देखिने गरेका छन । स्याउ टिप्न सुरु भएसँगै व्यापारी स्याउ बगैंचामै आएर खरिद गर्ने क्रम बढेको छ ।

स्याउ खरिद गर्न नेपालगन्ज, सुर्खेत, काठमाडौंलगायत स्थानका व्यापारी जुम्ला आएका छन । भदौको दोस्रो सातादेखि स्याउ टिप्न र ढुवानी गर्न स्थानीय तहले अनुमति दिए पनि केही किसानले पहिले नै बगैचा खाली गरिसकेका छन । ढिलो टिपे स्याउ बिक्री नहुने समस्याले धमाधम बगैंचा खाली हुन थालेका हुन ।

यस वर्ष जुम्लामा ६ हजार १ सय मेट्रिक टन स्याउ फल्ने अनुमान कृषि ज्ञान केन्द्र जुम्लाको छ । जिल्लाको स्याउ उत्पादनबारे प्राविधिकले तथ्यांक संकलन गरिहेको कृषि ज्ञान केन्द्रका अर्थ्िवज्ञ बालकराम देवकोटाले वताउनुभयो । भर्खर टिप्न सुरु भएको छ । उहाँका अनुसार गत वर्षभन्दा यस वर्ष स्याउ उत्पादन हुने क्षेत्र बढेकाले उत्पादन पनि बढेको हाम्रो अनुमान रहेको छ । देवकोटाले स्याउको बजार वर्षेनी बढिरहेको बताउनुभयो ।

केही वर्षअघिसम्म स्याउ बिक्री गर्न खलंगा बजारमा लैजानुपर्ने बाध्यता थियो । यस वर्ष व्यापारी बगैंचामै पुगेर धमाधम स्याउ खरिद गरिरहेका छन । बारीमा भएका सबै स्याउ बिक्री गरिसकेको जानकारी दिनु भएको छ  । ८ वर्षअघि साविक जिल्ला विकास समितिको १५ औं जिल्ला परिषद्ले जुम्लालाई प्रांगारिक जिल्ला घोषणा गरेको थियो । जुम्लाले २०÷६६ सालमा नेपाल अर्गा्निक प्रमाणीकरण मान्यता पाएपछि स्याउ जिल्लाबाहिर जाने क्रम बढेको हो । स्याउको बजार जुम्लामा भन्दा पनि जिल्ला बाहिर भएकाले ढुवानीमा समस्या हुने गरेको स्याउ व्यापारीहरुले बताउँने गरेका छन । जुम्लाको स्याउको माग काठमाडौं लगायत ठूला सहरमा बढी छ । स्तरीय कार्टुन नहुँदा स्याउ प्याकेजिङमा समस्या भएको कृषि ज्ञान केन्द्रका अर्थ्विज्ञ देवकोटाको भनाइ छ  ।

जिल्लामा स्याउ भण्डारको व्यवस्था समेत नहुँदा किसान समस्यामा परेका छन । केही किसानले आफैं स्याउ जिल्लाबाहिर बिक्रीका लागि लैजाने गरेका छन । उहँका अनुसार बजारको मागभन्दा धेरै स्याउ एकै पटक जाने भएकाले राम्रो भाउ नपाएको उँहाको भनाइ छ । केन्द्रका अनुसार जुम्लामा ३ हजार १ सय हेक्टरमा स्याउ खेती गरिएकोमा ८ सय हेक्टरमा मात्रै स्याउ फलेको छ  ।

यहाँ कमेन्ट गर्नुहोस्