३१ भाद्र २०८१, सोमबार

सर्केगाड वडा नं. ४ः मदिरा निशेधित घोषणा

Khabarsabaiko आइतबार, भाद्र १५, २०७६

खगेन्द्र धामी, सर्केगाड,हुम्ला
हुम्लाको जिल्लाको सर्केगाड गाउँपालिका वडा नं. ४ सर्केगाड बजार क्षेत्रमा मदिरा निशेधित क्षेत्र घोषण गरेको छ । केहिदिन वडापालिकाको बसेको बैठकले सर्केगाढ बजार क्षेत्र लाई मदिरा निशेधित क्षेत्र घोषणा गर्नका लागि प्रस्ताव पेश गरेको हो ।सर्केगाड गाउँपालिका अध्यक्ष कृष्ण रोकायाको अध्यक्षतामा बसेको बैठकले आफनै ८ वटा वडा मध्ये पहिलो पटक वडानं ४ सर्केगाढ बजार आसपासका क्षेत्रमा मधिरा निषेधीत बनाएको छ ।
गाउँपालिकाका ५० जना विभिन्न व्यक्तिहरुको सहभागितमा गाउँपालिका कार्यलय समेत रहेको सर्केगाढ बजार क्षेत्र लाई एकसाथ मदिरा निशेधित क्षेत्र घोषणा गर्नका लागि वडा बाट प्रस्ताव पेश पछि आईतबार मधिरा निषेधीत क्षेत्र घोषित भएको छ। यदि वडापालिकाले घोषण गरे विपरित कसैले मधिरा सेवन गरेको पाएमा वा विक्री गरे सामुदायिमा सार्वजनिक गरि कर्मचारी लाई रु १०,००० सर्वसाधारण लाई रु १५०० र बेचेको पाईएमा रु ३००० हजार जरिवाना गर्नुको साथै कानुन बमोजिम कार्वाही गर्ने निर्णय गरेको छ ।
तर मदिरा निशेधित क्षेत्र घोषण प्रति व्यापरीहरु भने विरोध जनाएका छन । स्वयम अहिले जनप्रतिनिधनै रक्सी बढि प्रयोग गर्ने गरेको र आफु बाट जनप्रतिनिधीले नै ६० हजारबराबर रक्सी लगायतकै पेयपदार्थको कारोवारो गरेको आफनो नाम नबताउने शर्तामा सर्केगाढ सर्केगाड बजारमा होटल व्यसाय गर्दै आउनु व्यापरीले बताउनु भयो ।
गाउँमा मधिरा सेवानले विभिन्न घटना भएकोले सबै वडामा मधिरा निषेधीत क्षेत्र घोषण गरिनु पर्ने समेत व्यापरीहरुले आग्रह गरेका छन । अहिल गाउँपालिका अध्यक्ष देखि कार्यकापलाकिाल सदस्य सम्म र वडाध्यक्ष ,गाउँपालिाका कर्मचारीले नैँ बढि रक्सि खाने र जुवातास खेल्ने गरेको खुलासा गरेका छन ।
मदिरा सेवनकै कारण गाउँमा गाली बेइज्जतीका घटना वृद्धी भएको र महिला हिंसाले समेत प्रश्रय पाएको भन्दै वडापालिकाले गाउँपालिका र सुरुक्षा निकाया संगको समन्वय गरि वडा लाई छिट्टै मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । कार्यकममा बजार व्यावस्थापक, प्रहारी चौकीका प्रमुख, ईलाका प्रशासन प्रतिनिधी, समाजिक संस्थाका प्रतिनिधि, विद्यालयका प्रतिनिधि लगाएत सरोकारवालाको बसेको बैठैकले निर्णय गरि कार्यन्वयनमा ल्याएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्