Khabarsabaiko आइतबार, भाद्र १५, २०७६
मन्दिर सिह
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) हुमलाको जिल्ला कमिटीको बैठक आइतबार देखी सदरमुकाम सिमकोटको सोनिहोटलमा शुरु भएको छ । साविकको नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको एक वर्षपछि जिल्ला एकता टुंगो लागेपनि सातै वटा गाउँपालिका ४४ वडा र जनविर्गे संगठन पुर्णता दिनको लागि आज बैठक बसेको कर्णाली प्रदेशका सामाजिक मन्त्रि तथा नेकपा जिल्ला पर्टी सचिव दल रावले जानकारी दिनु भयो । प्रदेश कमिटि सदस्यहरको बसेको बैठकले सातै वटा गाउँपालिका कमिटिलाई पुर्णता दिनेको लागि बैठक बसेको हो ।
हुम्लाका सात वटा स्थानीय तह ४४ वटा वडा र जनवर्गिय संगठनको ् सिफारिसमा छलफल गरिएको छ । आज व्यापक छफलफल पछि सोमबार सबै पदाधिकारी ढुगो लगाउने तयारी अन्तिम चरणमा पुगेको नेकपा हुम्ला जिल्ला सचिव तथा सामाजिक मन्त्रि दल रावले जानकारी दिनु भयो ।
यसैबीच आज आइतबार बसेको बैठकमा जिल्ला अध्यक्ष लालकेश जैशीको अध्यक्षतमा बसेको बैठकमा केन्द्रिय सदस्य तथा जिल्ला पार्टी इन्चार्ज विजय भण्डारी र जिल्ला पार्टिी सचिव तथा कर्णाली प्रदेशका सामाजिक मन्त्रि दल रावल र संसद छक्क बहादुर लामा, भुतपुर्व संसद छिमी दोर्जै लामा लगायतका प्रदेश कमिटी सदस्यहरुको उपस्तिीमा बैठक बसिररहेको जानकारी प्राप्त भएको छ ।