About Contact Links
Close
बिज्ञापन
स्याउको हव जिल्ला ः मन्त्री केसी

विजय रावत सोमबार, भाद्र १६, २०७६ मा प्रकाशित

जुम्ला,

जुम्लाको सवैभन्दा बढी नगदे आम्दानीको रुपमा रहेको फलफुल स्याउ दोस्रो महोत्सव सम्पन्न भएको छ । जुम्ला र स्याउको पहिचान गर्ने उद्देश्य अनुसार कान्जिरोवा टाईम्सको आयोजनामा दोस्रो स्याउ महोत्सव सम्पन्न भएको हो ।

महोत्सवको उद्धघाटन भने कर्णाली प्रदेस सरकारका प्रवक्ता भूमि व्यववस्था तथा कृषि मन्त्री बिमला केसीले गर्नुभएको छ ।मन्त्री केसीले महोत्सवमा राखिएका जुम्लाको अर्गानिक स्याउका एक सय बढि स्टलहरु समेत अनुगमन गर्नुभएको छ । स्याउ अवलोकन पछि मन्त्री केसीले कर्णाली प्रदेशको पहिचानको आधार स्याउ भएकाले अव उत्पादनमा बृद्धि गर्न किसानलाई उत्साहित गर्नुभयो ।

स्याउ प्रशोधन केन्द्रको डिपिआर गरिने

मन्त्री केसीले कर्णाली प्रदेश सरकारले जुम्लामा बहुउपयोगी स्याउ प्रशोधन केन्द्रका लागि डिपिआर तयार गर्ने बताउनुभयो । डिपिआर र कृषकलाई उत्पादनका लागि डेड करोड रुपैया बजेट समेत बिनियोजन गरिएको बताउनुभयो । उहाँले अव कर्णालीमा कोक र फेन्टा होईन स्याउको जुस उत्पादन गर्न आवश्यक रहेको छ । यसका साथै अव कर्णाली प्रदेश सरकारले अर्गानिक प्रदेश जुम्लाबाटै आरम्भ गर्ने सिकाई गरेको भन्दै हरेक पालिकामा जैविक विषाधी केन्द्र स्थापना आवश्यक रहेको छ ।

प्रदेश सांसद दिनवन्धु श्रेष्ठले सडक संजाल राम्रो नहुदा किसानका स्याउ बिग्रने गरेकाले प्रदेश सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले आगामी दिनमा यस्ता कार्यक्रमको निरन्तरता दिनुपर्ने बताउनुभयो । जुम्लाको ब्राण्ड स्याउलाई संसारसामु पहिचान गर्न महोत्सवको आयोजना गरिएको कान्जिरोवा टाईम्सका प्रवन्ध निर्देशक महेन्द्र कार्कीले जानकारी दिनुभयो । जुम्लाको मुख्य बजारमा आयोजनामा गरिएको कार्यक्रममा स्थानीय सरकारले अव यस्ता प्रकारका कार्यक्रममा प्रथामिकता दिनुपर्ने जोड दिएका छन् । गुठीचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले हाम्रो पहिचान स्याउ व्यवसाय र कृषि पेशा भएकाले गाउँपालिकाले समेत सो नितिमा प्रथामिकता दिने बताउनुभयो । उहाँले स्याउ पर्यटनको ठूलो आधार हुने समेत दावी गर्नुभयो । तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले गाउँपालिकाले पनि विभिन्न क्षेत्रको कृषिका जोनका रुपमा लिने बताउनुभयो । गाउँपालिकाल किसानलाई प्रवर्धन गर्ने कार्यक्रम आवश्यक भएको बताउनुभयो ।

पातारासी गाउँपालिका अध्यक्ष लक्षिमन बोहराले स्याउ क्षेत्रको अझै प्रवर्धन गर्ने हो भने जुम्लाको ठूलो आम्दानी हुने बताउनुभयो ।

स्याउ किसान पुरस्कृत 

यसैगरी स्याउ मेलामा राखिएका स्टलका स्याउ किसानहरु पुस्कृत भएको छन् । रोयल डेलिसियस जातका किसानहरु मध्य रोयल डेलिसियसमा चना ७ जुम्लाका किसान रत्नबहादुर बम प्रथम, राजु मल्ल ( चन्दननाथ ६ ) दृतिीय तृतीय पुष्पा खत्री तृतीय ( चना १० ) रहेका छन् ।

यसैगरी रेड डेलिसियस स्याउमा चन्दननाथ ६ का किसान गोरख बहादुर सुनार प्रथम भएका छन् । यसैगरी चन्दननाथ ८ का भैरव धराला दृतीय र चन्दननाथ ४ का हरि प्रसाद देवकोटा तृतीय भएका छन् ।

सम्बन्धित

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७