१५ चैत्र २०८०, बिहिबार

हरितालिका तीज पर्व मनाइँदै, हुम्लाको एक मात्रै शिवालयमा महिलाको घुइँचो

Khabarsabaiko सोमबार, भाद्र १६, २०७६

हुम्ला
आज हरितालिका तिज हिन्दू महिलाहरुले उत्सवका रुपमा मनाउँदैछन । सिमकोट गाउँपालिका वडा पाँच रहेको शिवको मन्दिरमा बिहानैदेखि दर्शनार्थी महिलाको घुइँचो लागेको छ । आज व्रत बसी शिव पार्वतीको पूजाआजा गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । व्रतालुहरु आज विहानै पूजाआजाका लागि शिव मन्दिरमा पुगेका हुन । दाजुभाइले दिदीबहिनीलाई बोलाएर दर खुवाउने गर्छन । महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत तिजलाई उपयोग गर्ने गरेका छन । हिन्दु नेपाली महिलाले मनाउने चाड तीज अन्तर्गत हिजोका दिन दरखाएका थिए ।

हिजो दर खाने दिनदेखि हरितालिका तीज सुरु हुन्छ । टाढाका चेलीबेटी यस दिन माइतीघर वा आफन्तकहाँ मिठा मिठा खानेकुरा सहित , फलफूल लगायतका मिठा परिकारलाई दरको रुपमा खाने गर्दछन् । दर खाएको भोलीपल्ट आज निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक भएको खानेकुरा खाने चलन रहेको छ ।

हरितालिका तीजका बेला पानीसमेत नखाई ब्रत बस्ने र धेरै नाचगान गरिने हुनाले शक्ति आवश्यक हुन्छ । परापूर्व कालमा देवी पार्वतीले शीवलाई स्वामी पाउँ भनि निराहार ब्रत बसेको र उनको कामना पूरा भएको विश्वासका आधारमा राम्रो पति पाउन र विवाहितहरुले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै ब्रत बस्ने चलन रहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्