२० बैशाख २०८१, बिहिबार

हुम्लाका महिलाद्वारा तीज नाच प्रतियोगिता सञ्चालन

Khabarsabaiko मंगलबार, भाद्र १७, २०७६

हुम्ला सिमकोटका महिलाको सक्रियतामा तीज विशेष पञ्चमी कार्यक्रम संञ्चालन भएको छ । कार्यक्रम सिमकोट गाउँपालिकाको आर्थिक सहयोग र जिल्लाका अगुवा महिलाहरुको समन्वयमा  मनाइएको हो । साे प्रतियोगितात्मक कार्यक्रममा सिमकोट गाउँपालिका  वडा नम्वर १ देखि ८ वडा सम्मका स्थानीय महिलाहरुको १३ वटा टीमको नृत्य संञ्चालन भएको थियो । कार्यक्रम साक्षर र निराक्षर महिला दुइ भागमा विभाजित गरिएको थियो । कार्यक्रम सिमकोट गाउँपालिका का अध्यक्ष पदम लामा काे अध्यक्षतामा सञ्चालन भएको थियो ।

प्रतियोगितमा निराक्षर तर्फ सिमकोट गाउँपालिका वडा नम्वर ३ बरगाउँ प्रथम, वडा नं. ५ सिमकोट दृतिय, वडा नं. ७ डाँडाफया तृतिय र सान्तोनामा वडा नं. २ ठेहे भए भने, साक्षर तर्फका सात वटा टिम दर्ता गरेका मध्ये सिमकोट गाउँपालिका वडा नं. २ ठेहे प्रथम, वडा नं. ४ हिल्दुम दृतिय, वडा नं. ५ सिमकोट तृतिय र सान्तोनामा वडा नं. ३ बरगाँउ भएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्