१६ चैत्र २०८०, शुक्रबार

स्याङ्जामा जीप दुर्घटना ३ को मृत्यु, २३ जना घाइते

Khabarsabaiko बुधबार, भाद्र १८, २०७६

स्याङ्जा 

स्याङ्जाको गल्याङमा बुधबार जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । २३ जना घाइते भएका छन् ।

पाल्पाको रामपुरबाट गल्याङका लागि छुटेको लु१ज ३८४१ नम्बरको जीप गल्याङ् नगरपालिका-३ चापाकोटस्थित बुटवल पावर कम्पनी नजिकैबाट करिब ४ सय मिटर तल खस्दा जीपमा सवार २ महिला र १ बालकको मृत्यु भएको जिल्ला प्रहरीले कार्यालय स्याङ्जाले जानकारी दिएको छ । मृत्यु हुनेमा स्याङ्जा वालिङकी मन्जु भण्डारी गैरे, पाल्पाकी फनीमाया नेपाली र वालिङका दुई वर्षीय बालक प्रशन्न दर्जी  रहेका छन् । बालकको स्याङ्जाकै गल्याङ सामुदायिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको र २ जना महिलाको पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा घाइते भएका ११ बालबालिका, ८ महिला र ५ जना पुरूषको मिशन अस्पताल पाल्पामा उपचार भइरहेको छ । जीपमा २८ जना सवार थिए । दुर्घटनामा पर्नेहरुमा तीज मनाएर घर फर्कदै गरेका महिला धेरै छन् ।

यहाँ कमेन्ट गर्नुहोस्