१६ चैत्र २०८०, शुक्रबार

डेढ महिनादेखि अवरुद्ध नाग्म–गमगढी सडक सञ्चालन

Khabarsabaiko मंगलबार, भाद्र २४, २०७६

नन्दबहादुर रोकाया, मुगु
डेढ महिनादेखि वर्षाका कारण अवरुद्ध बनेको गमगढी नाग्म सडक हिजोबाट सञ्चालनमा आएको छ । वर्षाका कारण ठाउँठाउँमा पहिरो गएर अवरुद्ध बनेको सडक उद्योग वाणिज्य संघ, स्थानीय व्यापारी र स्थानीयवासीको पहलमा सञ्चालनमा आएको हो । पहिरोले अवरुद्ध भएको स्थानमा सडक डिभिजन कार्यालय जुम्लाले डोजर प्रयोग गरेर सडकको पहिरो पन्छाएको थियो भने ताल्च विमान स्थलदेखि गमगढी सडक खण्डमा खसेको पहिरो उद्योग वाणिज्य संघ, व्यापारीको पहलमा डोजर लगाएर हटाएपछि सडक सुचारु भएको उद्योग वाणिज्य संघ मुगुका अध्यक्ष कमलबहादुर बुढाले जानकारी दिनुभयो । लामो समयदेखि सडक अवरुद्ध भएपछि बजारमा दैनिक उपभोग्य वस्तु, निर्माण सामग्रीको अभाव देखिन थालेको र कालो बजारी बढ्ने संकेत देखिएपछि सडक सुचारु गराउन स्थानीय व्यापारीले पहल गरेको अध्यक्ष बुढाले बताउनुभयो । सडक सुचारु भएपछि स्थानीय स्याउ किसान आफूले टिपेको स्याउ नेपालगञ्ज काठमाडांै पठाउने तयारीमा जुटेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्