१६ चैत्र २०८०, शुक्रबार

जेनेटर चलाएर सञ्चारमा जोडिदै हुम्ला

Khabarsabaiko बुधबार, भाद्र २५, २०७६

हुम्ला
उच्च हिमाली जिल्ला हुम्लामा नेपाल टेलिकम शाखाले हेल्दुम वितरण केन्द्रको विद्युत अवरुद्ध हुँदा ईन्टरनेट तथा टेलिफोन सेवा जेनेटरबाट सञ्चालन गरेर सेवाग्राहीलाई सञ्चारमा जोडेको छ ।

भाद्र २० गते देखि पेन स्टक पाई र नहर मर्मतका लागी भन्दै करिब २० दिनका लागी विद्युत बन्द हुँदा पावर नपुगेर जेनेटरबाट सेवाग्राहीलाई सञ्चारमा जोडेको नेपाल टेलिकम शाखा हुम्लाका निमित्त प्रमुख राम बहादुर बोहराले जानकारी दिनुभयो ।

विद्युत पावरको कारण बन्द रहेको नेपाल टेलिकमका सबै सेवाहरु नेपाल टेलिकमको क्षेत्रीय कार्यालय नेपालगञ्जको अनुमति लिएर जेनेरेटर सञ्चालन गरेर सेवा सुचारु गरिएको टेलिकम हुम्लाका निमित्त प्रमुख बोहराले जानकारी दिनुभयो ।

नेपाल टेलिकम शाखा हुम्लाले जेनेटर सञ्चालबाट ईन्टरनेट तथा टेलिफोन सेवा सुचारु गरेता पनि रातभरी यि सेवा बन्द हुनेगरेका छन । नेपाल टेलिकम शाखा हुम्लाबाट सञ्चालन हुने सम्पुर्ण सेवाहरु विहान दश बजे सम्म र दिउँसो एक घण्टा साँझ एक द्धण्टा बन्द हुनेगरेको छ ।

टेलिकमको सेवा बन्द हुँदा हुम्लामा रहेका वल्र्ड लिंक र एनसेलको सेवा पनि प्रभावित बनेको थियो । नेपाल टेलिकम शाखा कार्यालय सिमकोटमा लाखौं मूल्यका सोलार प्यानल भएपनि मर्मत संभार नहुँदा जिर्ण अवस्थामा रहेका छन ।

यहाँ कमेन्ट गर्नुहोस्