१४ मंसिर २०८०, बिहिबार

नदीमा हाम फालेर स्वास्थयकर्मी शाही बेपत्ता, खोजी कार्य जारी

Khabarsabaiko शुक्रबार, भाद्र २७, २०७६

हुम्ला,
हुम्लाको चंखेली गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत एक जना स्वास्थ्यकर्मी कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका छन ।

चंखेली गाउँपालिका वडा चार सलीसल्ला गाउँ नजिकमा ४२ वर्षिय लाल बहादुर शाही शुक्रबार विहान नौ बजेको समयमा कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले बताए । बेपत्ता शाही चंखेली गाउँपालिकाको स्वास्थ्य शाखामा अहेबको पोष्टमा कार्यरत रहेका थिए ।

विहान सलीसल्ला नजीकमा रहेको दर्बी खोलाको कर्णाली नदीमा हाम फाल्दा प्रत्यक्षदर्शी सुर वहादुर शाहीले देखेपछि दश बजेपछि मात्रै आफुलाई खबर गरेको सहायक प्रजिअ पोखरेलले जानकारी दिए ।

नदी फाम फालेर बेपत्ता भएका अहेब शाहीको खोजी गर्न मेल्छाम प्रहरी चौकीका असई राज बहादुर थापाको नेतृत्वमा विहान देखी त्यस आसपास क्षेत्रमा प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक राम प्रसाद घर्ति मगरले जानकारी दिए ।

अहेब शाहीको खोजीका लागी मैला कवाडी प्रहरी चौकी, श्रीनगर प्रहरी चौकीले खोजी कार्य जारी राखेता पनि अहिले सम्म फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । बेपत्ता शाहीका एक छोरा, दुई छोरी, र श्रीमती रहेका छन ।
–––

यहाँ कमेन्ट गर्नुहोस्
%d bloggers like this: