०२ कार्तिक २०८१, शुक्रबार

तीर्थयात्रा बन्द, सात हजार भारतीय तीर्थयात्री हुम्ला भित्रीय

Khabarsabaiko शुक्रबार, भाद्र २७, २०७६

हुम्ला,
चीन सरकारले कैलाश मानसरोवर दर्शन गर्न जाने तीर्थयात्रीलाइ भिसा नदिए पछि हुम्ला भएर जाने भारतीय तीर्थयात्री बुधबारबाट आउनेक्रम बन्दभएको छ । चीन सरकारले भारत बाहेक अन्य देशका पर्यटकलाई कैलाश मानसरोवर जाने भिसामा रोग लगाएको छैन ।

भदौ महिनाको पहिलो हप्ता देखि कैलाश–मानसरोवर दर्शन गर्न जाने भारतीय पर्यटकहरुको मात्र भिसा दिने कार्य चीन सरकारले बन्द गरेपछि यस बर्षको सिजन सकिएको छ ।

बैशाख महिना देखि भदौ महिना सम्म हुम्लाको बाटो भएर सात हजार सात सय ६१ जना भारतीय धार्मिक पर्यटकहरुले मानसरोवर कैलाशको धार्मिक यात्रा गरेको प्रहरी नायब उपरिक्षक राम प्रसाद घर्तीमगरले जानकारी दिए ।

उहाँका अनुसार भारतीय नागरिक पुरुषमा चार हजार दुई सय ६२ जना र महिला तीन हजार चार सय ९९ जनाले कैलाश मानसरोवर दर्शन गरेका छन ।

यस बर्षमा धार्मिक यात्रा गर्ने पर्यटकहरुको संख्या जेठ महिनामा तीन हजार ३ सय २५ जना तिर्थयात्रीहरु हुम्लाको बाटोभएर आएका हुन । असार महिनामा १ हजार ८ सय ४८ मा घटेको छ ।

सिमकोट विमानस्थलमा खटिएको सुरक्षा निकाय बाट लिएको तथ्याङ अनुसार साउन महिनामा एक हजार ४ सय ६२ जना र भदौ महिनामा एक हजार २ सय ८८ जना भारतीयले मानसरोवर कैलाशको यात्रा गरेका छन् । बिगतका बर्ष भन्दा यस बर्षमा मानसरोवर कैलाश दर्शन गर्न जाने तीर्थयात्रीको संख्या भने घट्दो क्रममा रहेको छ ।

भारतीय तीर्थयात्रीहरुलाई कैलाश मानसरोवर दर्शन गर्न जानका लागी नेपालको छोटोरुट हुम्लाको सिमकोट भएर तिब्तको ताक्लाकोट भएर जान सहज रहेको छ । भारतका चेन्नई, गुजरात, आन्ध्रप्रदेश, कर्नाटक र तामिलनाडुका यात्री धेरै छन् ।

चिन सरकारले हिल्सा नाका बाट भारतीय नागरिकलाई भिसा भएर पनि यस रुट बाट जान बढि निगरानी गरेकै कारणले घटेको तिब्बतको ताक्लाकोटमा व्यवसाय सञ्चान गर्दै आएका दावा लामाले जानकारी दिए ।

२०६२ साल बैशाख १२ गते गएको भुकम्पले केरुङ र लासा नाका बन्द भए पछि पहिलो बर्ष हुम्लामा कैलाश –मानसरोवर पुग्ने अन्य बिकल्प नभए पछि सिमकोटबाट भएर जानेको संख्या बढेको थियो ।

केरुङ र लासा नाका सञ्चालनमा आए पछि सिमकोटबाट जानेको संख्या घटेको होटल व्यवसाय गर्दै आएका प्रकाश रावत बताएका हुन

धार्मिक पर्यटक नआउँदा हेलिकोप्टर फिर्ता

गएको बैशाख महिना देखि मानसरोवर कैलाश दर्शन गर्न जाने तिर्थयात्रीहरु लाई हिल्सामा ओसार्नका लागि नाईटस्टे गरिरहेका ६ वटा कम्पनीका हेलिकप्टरहरु र्फिता भएको छन ।

भारतीय तिर्थयात्रीहरु आउन कम भए पछि सिमकोट विमानस्थल सुनशान देखिएको छ । हुम्लाको सिमकोट विमानस्थल देखि हिल्सामा उडान भरदै आएका हेलिकोप्टर काठमाडौ फिर्ता भएपछि सिमकोट बिमानस्थलमा यात्रुको चाप कम हुन थालेको छ । सिमकोट विमानस्थलमा बिहान ६ बजे देखि बेलूका साढे ६ बजेसम्म नेपालगन्ज बाट सिमकोट पुगेका तीर्थयात्रीलाई सिमकोट बाट हिल्सा सम्म हेलिकोप्टरहरुले उडान भर्दा बिमानस्थलमा निक्कै चहल बढेको देखिएको थियो ।

पर्यटकबाट ८५ लाख राजश्व
हुम्लाको सिमकोट–हिल्सा नाका हुँदै बर्सेनी हजारौँ तीर्थयात्री कैलाश मानसरोवर दर्शन गर्नका लागि हुम्ला पुग्छन् । सिमकोट गाउँपालिकाले गएको वर्षदेखि हुम्लाको सिमकोट हुँदै हिल्सा नाका पार गर्ने तीर्थयात्री र बाह्य पर्यटकबाट प्रतिव्यक्ति १ हजार १०० रुपैयाँ उठाउने गरेको छ ।

बैशाख देखि भाद्र महिनाको पहिलो साता सम्म हुम्ला भित्रीएका सात हजार सात सय ६१ भारतीय पर्यटकबाट सिमकोट गाउँपालिकाले ८५ लाख तीन हजार सात सय रुपैयाँ राजस्व संकलन गरेको सिमकोट गाउँपालिका श्रोतले जानकारी दिएको छ ।

भारतीय तीर्थयात्री सिमकोट हुँदै कैलाश मानसरोवर दर्शन गराउने जिम्मा लिएको ट्राभल एजेन्सीले अहिले पैसा नदिएको तर ८५ लाख भन्दा बढी राजश्व संकलन भएको छ । गाउँपालिकाले बाह्य पर्यटकबाट उठेको राजस्व गाउँपालिकामा लगानी गर्ने जानकारी दिएको छ ।

सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिकाले बाह्य पर्यटकबाट उठेको राजश्व ६०–४० गरेर दुई गाउँपालिकाले रकम बाँडफाँड गर्ने निर्णय भएको सिमकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले जानकारी दिए । दर्जीका अनुसार बाह्य पर्यटकबाट उठेको राजश्व रकमबाट ६० प्रतिशत पाउने भएको छ भने नाम्खा गाउँपालिकाले ४० प्रतिशत राजश्व पाउने भएको हो ।

यहाँ कमेन्ट गर्नुहोस्