Khabarsabaiko सोमबार, भाद्र ३०, २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबारको प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेको छ। बैठकको सुरूमा बोल्दै कांग्रेस सांसद पुष्पा भुषालले केही दिनअघि बाँकेमा कांग्रेस कार्यक्रम आक्रमण गरी जिल्ला सभापति किरण कोइरालाको हात भाँच्ने तीन जनाविरूद्धको उजुरी दर्ता गरी उनीहरूलाई कारबाही हुनुपर्ने बताएकी थिइन्।
उनले बोलिसकेपछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका सांसद नन्दलाल रोकायले बोलेका थिए। बाँके(३ का सांसदसमेत रहेका रोकायले घटनामा नेकपाका कार्यकर्ताको संलग्नता नरहेको भन्दै अहिले उजुरी परेकाहरूलाई कारबाही भए आफूहरू पनि आन्दोलनमा जाने बताएका थिए।रोकायको भनाइ सकिन नपाउँदै कांग्रेस सांसदहरू सिटबाट उठेका थिए।
केहीबेरमा उनीहरूले रोष्ट्रम घेरेर नाराबाजी गरे।सभामुख कृष्णबहादुर महराले सांसद भुषाल र रोकायले बोलेकोबारे सरकारलाई केही भन्छु, बस्नुस् भन्दा पनि उनीहरूले नाराबाजी जारी राखेका छन्।यसअघि कांग्रेसले आइतबारको संसद अवरूद्ध गरेको थियो।
आइतबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग बालुवाटारमा बाँके घटनाबारे छलफल गरेका थिए।
समाचार सेताेपाटी अनलार्इन बाट साभार