०६ बैशाख २०८१, बिहिबार

चार दिन देखि गाउँपालिकामा लगाइएको ताला खुल्यो

Khabarsabaiko बुधबार, आश्विन ०१, २०७६

अर्जुन बोहरा असोज १ गते,हुम्ला
हुम्लाको चंखेली गाउँपालिकामा स्थानीय बासिन्दाले लगाएको ताला प्रहरीले खुलाएको छ । गाउँपालिका उपाध्यक्ष विमाला शाहीको संयोजकत्वमा बसेको सर्वदलिय बैठकले गाउँपालिका र स्थानीय बासिन्दा विच ५ बुद्धे गाउँपालिकाले तत्कालै कार्यन्वय गर्ने सहमतिमा ताला खोलिएको हो । पटक पटक गाउँपालिका जनप्रतिनिधी र गाउँपालिका कर्मचारी समेत गाउँपालिकामा नियमित बस्ने नगरेको भन्दै स्थानीय बासिन्दाले ताला लगाएका बताएका छन ।
गाउँपालिका अध्यक्ष धनलाल चौलागाई र प्रमुख प्रशासकिय अधिकृत बिष्णु शाही लाई ३ दिन भित्रै गाउँपालिकामा उपस्थित हुने स्थानीय बासिन्दाले माग गरेका छन ।
गएको भदौ २७ गते पिप्लाङ स्वाथ्य चौकी कार्यारत अहेव लाल बहादुर शाही कर्णाली नदिमा हाम फालेर वेपता भएको खोजी गर्न गाउँपालिकाले ढिलाई गरेको आरोप लगाएका छन । स्थानीय बासिन्दा र गाउँपालिका विच भएको सम्झौतमा गाउँपाकिलामा भएको अनियमितिता ढाक छोप लाई सार्वजनिक गर्ने, पानीमा हाम फालेर वेपता भएका अहेव शाहीको हेलिकप्टर बाट खोजी गर्ने, वेपता भएका शाही लाई सरकारले दिने सुविधा सहित गाउँपालिकाले थप गर्ने, वेपता शाहीको सत्य तथ्य निष्पक्षरुपमा छानविन गर्ने र गाउँपालिका जनप्रतिनिधी गाउँपालिकामा नियमित गराउने बिषयमा सम्झौता गरिएको देउली प्रहरी चौकी लाई उद्धित गर्दे जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक रामकेृष्ण घर्तिमगरले बताउनु भयो ।
गाउँपालिकामा लगाएको ताला सर्वदलिय सर्वपक्षिय र सुरक्षाका बिच खोलेको छ । ताला खुलेपछि कार्यालय कामकाज सहजै रुपमा सञ्चालनमा आएका छन् । गाउँपालिकामा ताला लगाउनु भन्दा पहिले स्थानीय बास्न्दिाले गाउँपालिकाले गरेको अनियमितताको छानविन गर्नु पर्ने, गाउँपालिको आर्थिक विवरण सत्यतथ्य वाहिर ल्याउन माग गर्दै गाउँपालिकामा धर्ना बसेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्