०५ कार्तिक २०८१, सोमबार

पर्यटकिय प्रवद्र्धनका लागी याल्वाङ्ग लिमी महोत्सव सुरु

Khabarsabaiko सोमबार, आश्विन ०६, २०७६

हुम्ला
हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा आजबाट याल्वाङ्ग, लिमी महोत्सव सुरुभएको छ । गत वर्ष देखि नाम्खा गाउँपालिकाले आन्तरीक तथा बाह्रय पर्यटक भित्रयाउनका लागी महोत्सवको आयोजना गर्दै आएको छ । पर्यटकिय क्षेत्रको ठूलो संभावना बोकेको हुम्लाको नाम्खा गाउँपालिकाले दोस्रो संस्करणको रुपमा सोमबारदेखि याल्वाङ लिमी महोत्सब सुरु भएको गाउँपालिका अध्यक्ष विष्णु बहादुर लामाले बताए ।
महोत्सवको मुख्य उद्दश्य आन्तरिक तथा बाह्य पर्यटकहरुलाई नाम्खा गाउँपालिकामा रहेका पाँचवटै वडाका स्थानीय पुराना मौलिख भेषभुषा, साँस्कृति झाँकीको पनि पर्दशन गरेका थिए ।

स्थानीय जातका लोपोन्मुख जछिबुटी, सहित धार्मीक प्रचार,प्रसार र उच्च हिमाली क्षेत्रमा पाईने पशुबस्तु लगायतको प्रचारका लागी यो महोत्सवको आयोजना गरिएको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिए ।

याल्वाङ्ग महोत्सवमा मुख्य आकर्षकको रुपमा स्थानीय अर्गानिक अन्नपातका परिकारहरु विशेष गरेर मिठेर तिते फापरको रोटी, ढिडो, चिनोे चामलको भात र खीर, चौरी घ्यु, नौनी, छुर्पी, नाफलको रोटी, उवा सातु, सिस्नुको फाँडो, हिमाली उच्च क्षेत्रमा पाईने सिमीको दाल, जिम्बुको स्वाद लिन पाइने व्यवस्था गरिएको छ ।

महोत्सवमा विभिन्न स्टलहरुमा स्थानीय पहिरन, हातले बुनेका कपडाहरु, काष्टकला, तथा अन्य आकर्षक सामाग्रीहरु पनि प्रर्दशन गरीएको थियो ।

यो महोत्सवको आयोजक नाम्खा गाउँपालिका रहेको छ भने केही आर्थिक सहयोग इसिमोड र नेपाल पर्यटनबोर्डले गरेका छन् ।

गत वर्ष पहिलो संस्करणको रुपमा उक्त गा.पाको लिमीमापनि यस्तै महोत्सवको आयोजना गरीएको थियो ।

सो महोत्सवमा तामझामका साथ हेलिकप्टरबाट कर्णाली प्रदेशका मुख्यमन्त्रीदेखि मन्त्री र सांसदहरुलाई हेलिकप्टर यात्रा गराउँदा उनीहरुले ठुलो आश्वासन दिएपनि १५ लाखको व्ययभार नाम्खा गाउँपालिकाको टाउकामै थोपरीयो । यस पटक उक्त पाठबाट स्थानीय पाहुनाहरुलाई मात्र निमन्त्रणा गरी खर्च घटाईएको गाउँपालिका स्रोतले बताएको छ ।

महोत्सव मुल समारोहका संयोजक नाम्खा गा.पाका अध्यक्ष विष्णु बहादुर लामा रहेका छन् भने सांस्कृतिक संयोजकमा वडा नम्बर ६ लिमीका अध्यक्ष पाल्जोर लामा लाई जिम्मा दिईएको छ । यसैगरी व्यवस्थापनको संयोजक वडा दुईका अध्यक्ष दाब्ला लामा लाई दिईएको छ ।

उक्त महोत्सवमा हुम्लाका सांसद छक्क बहादुर लामा, जिल्ला समन्वय समितीका प्रमुख दान बहादुर रावत, सिमकोट गापाका अध्यक्ष पदम बहादुर लामा, लगायत छिमेकी गापाका स्थानीयहरुको पनि बाकलो सहभागीता रहेको थियो ।

उक्त महोत्सवमा प्रमुख जिल्ला अधिकारी बिनीता भटटराइ लगायत विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय प्रमुख तथा प्रतिनिधिहरुको पनि सहभागीता रहेको छ ।

यसैगरी नेकपाका केन्द्रिय सदस्य विजय भण्डारी लगायत विभिन्न राजनितीक दलका नेता तथा कार्यकर्ता, सञ्चारकर्मीको उपस्थित रहेको थियो ।

गाउँपालिका केन्द्रको याल्वाङ चौरमा टेण्टको व्यवस्था गरेर महोत्सव सञ्चालन गरिएको वडा दुईका अध्यक्ष लामाले जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्