१६ चैत्र २०८०, शुक्रबार

गाडीबाटै सिमकोट खाद्यय संस्थानमा चामल पुग्यो, दशैंमा चामलको अभाव नहुँने

Khabarsabaiko मंगलबार, आश्विन ०७, २०७६

हुम्ला
गत आर्थिक वर्षमा आईपुग्नु पर्ने खाद्ययन्न काठमाण्डौ हुदै सदरमुकाम सिमकोटमा सोमबार पुगेको छ । केही दिन अगाडी केरुङ्ग नाकाबाट हुदै हिल्सामा पुगेको पाँच हजार पाँच सय कुईन्टल चामल मध्य चामल चार हजार कुइन्टल चामल सिमकोट खाद्यय संस्थान लागी सलिसल्लामा पुगेको छ भने १५ सय कुइन्टल चामल याल्वाङ्ग वितरण केन्द्रमा पुगेर विक्रि वितरण गरिएको नेपाल खाद्यय संस्थान हुम्लाका प्रमुख राम बहादुर विष्टले बताए ।

सलीसल्ला खोलामा पुगेको चार हजार कुईन्टल चामल मध्य सोमबार दुई वटा टिपरले पहिलो पटक तीन सय चालीस बोरा खाद्ययन्न सिमकोट खाद्यय संस्थानमा पुराएको छ ।

हिल्ला देखि एक हप्ता बढी सल्लीसल्ला खोलामा रहेको चामल सोमबार टिपरहरुले ओसार्न थालेको ठेकेदार धुब्र शाहीले जानकारी दिए । सल्लीसल्ला खोला देखि सिमकोट आईपुग्न टिपरले करिब ६ घण्टा लगाउने गरेका छन भने सोमबार दुईवटा टिपरले चामल ओसारेका थिए ।
सल्लीखोला देखि चामल बोकेर सिमकोट पुगेका दुईवटा टिपरले तीय सय चालीस बोरा चामल ल्याएको शाहीले जानकारी दिए ।

सल्लीसल्ला खोलामा रहेका अन्य सात वटा टिपर मार्फत सिमकोट खाद्यय संस्थानको चामल बुधबारबाट नियमीत ओसार्ने भएको खाद्यय संस्थानका विष्टले बताए ।

काठमाण्डौ देखि सिमकोट खाद्यय संस्थान सम्म चामलको गाडी भाडा सय केजीको भाडादर आठ हजार चार सय ९५ रुपैया परेको छ । उता काठमाण्डौ देखि याल्वाङ्ग विक्री केन्द्रका लागी पुगेको १५ सय कुइन्टल चामलको सय केजीका दरले गाडी भाडा चार हजार दुई सय पर्न गएको उहाँले जानकारी दिए ।

दशैंमा चामलको अभाव नहुँने

सधै दशैंमा चामलको अभाव हुने हुम्लामा यो वर्ष खाद्ययन्न मौजात प्रसस्त रहेको छ । गएको वर्ष नेपाल खाद्यय संस्थान शाखा हुम्लाले एक घरधुरीलाई तीन केजीका दरले चामल वितरण थियो । त्यसै अनुरुप विभिन्न निकायको सकार्यमा यो वर्ष सिमकोटमा रहेको खाद्यय संस्थानको गोदाममा चामल स्टोक रहेको संस्थान प्रमुख विष्टले बताए ।

गोदाममा चामल स्टोक रहेकाले दशैंका लागी यहाँका स्थानीयलाई एक गते देखि चामल वितरण गरिरहेको उहाँले जानकारी दिए । उनले भने केरुङ्गबाट चमल ढिलो आएता पनि यो वर्ष हुम्लाको लागी दशैंमा चामलको अभाव नहुँने थियो । त्यहि सोमबार बाट काठमाण्डौ, केरुङ्ग, हुँदै हिल्सा पुगेको चामल सलिसल्ला देखि सिमकोट पुग्न थालेको उहाँले जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्