३० आश्विन २०८१, बुधबार

दातृ निकाय द्वारा अनुगमन

Khabarsabaiko मंगलबार, आश्विन ०७, २०७६

हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका वडा नं. २ रिप गाउँमा परियोजनाको अनुगमन कार्य सम्पन्न भएको छ । महिला कल्याण सेवा हुम्लाले लाकरमिसनन्को आर्थिक सहयोग र मिसन ईष्टको प्राविधिक सहयोगमा सञ्चालीत “आर्थिक रुपान्तरण द्धारा हुम्लाका सिमान्तकृत महिलाको सशक्तिकरण “(रुपानतरण) परियोजनाको अनुगमन भएको हो। अनुगमनकालागी दातृ निकाय लाकरमिसनन्का एसिया निर्देशक मारकस आस्क र मिसन ईष्टका नेपाल राष्ट्रिय प्रतिनिधी उज्वल आमत्य, महिला कल्याण सेवाका कार्यक्रम ब्यबस्थापक प्रेम बहादुर बुढाको टिम रहेको थियो ।

अनुगमन रिप स्थित फुलबारी महिला कृषि समुह गरिएको छ । अनुगमन मा परियाेजनकाे उपलब्धि, चुनाैति तथा समस्याका विषयमा छलफल गरेको छ । कार्यक्रममा वडा अध्यक्ष श्री बिसे महतारा लगाएत वडाका सराेकारवाल र महिला कृषि समुहका सदस्य सहीत पचास भन्दा बढी उपस्थिती रहेको थियो । वडा अध्यक्षले महिला कल्याण सेवा ले सञ्चालन गरेको कार्यक्रम आफ्नो गाउँमा उपलब्धि हुने सोका लागि सहयोग गर्ने जनाएका छन्। अनुगमन टिमलाई रिपका स्थानियले भव्य स्वागत गरका थिए । कार्यक्रमा बोल्दै लाकरमिसनन्का एसिया प्रतिनिधिले प्रकृतिक रुपम सुन्दर झन् राम्रा मन भएका मानिस संग भेट्न पाएको खुसि भएको कुरा व्याक्त गरेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्