०२ आश्विन २०८१, बुधबार

बालगृहमा अलपत्र परेका दश जना बालवालिकाको उद्धार

Khabarsabaiko आइतबार, आश्विन १२, २०७६

हुम्ला
काठमाण्डौकमा रहेको एक वालगृहमा अलपत्र परेका दश जना बालबालिकालाई उद्धार गरिएको छ । लामो समय देखि बालबालिको क्षेत्रमा काम गर्दै आएको हिमाली नवीन समाजले ती वालवालिकालाई उद्धार गरी परिवार सँग पुर्नमिलन गराएको छ ।

काठमाण्डौको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलि स्थित सौडोल महिला समाज नामक संस्थामा जोखिम अवस्थामा रहेका वालबालिकालाई उद्दार गरिएको हिमालि नविन समाजका कार्यकारी निर्देशक धनबहादुर लामाले बताएका छन् ।

उद्धार गरीएका चार जना बालक र पाँज जना कालिका रहेका छन । ९ जनाको उद्दार गरिएकोमा २ जना काठमाण्डौमै आफन्तको जिम्मा लगाइएको र ८ जना वालबालिका मध्य १ जना बालिकालाई यस अघि उद्दार गरि आज परिवार संग मिलन गरिएको छ । अन्य ७ जनाको तत्तकाल उद्दार गरि आजै घर परिवार संग मिलन गरिएको कार्यकारि निर्देश लामाले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमको आयोजना गरि प्रमुख जिल्ला अधिकारी बिनिता भटटराई, सर्केगाड गाँउपालिका वडा नं ७ का वडा अध्यक्ष कृष्ण प्रसाद जैसी लगाएतका जनप्रतिनि अभिभावकको उपस्थितमा ती बालबालिकालाई आफ्न्तको जिम्मा लगाइएको छ ।

उद्धार गरिएका वालबालिका आजै जिल्लामा ल्याइएको सोही संस्थाका जिल्ला संयोजक नवराज रावतले बताएका छन् । विभिन्न लोप लालच देखाइ काठमाण्डौमा बालबालिका लिएर अलपत्र पार्ने सर्केगाड गाउँपालिका वडा नं. २ की कल्पना वुढा अहिले छानविनका क्रममा हिरासदमा रहेको कार्यकारि निर्देशक लामाले बताएका छन् । वालबालिकालाई काठमाण्डौ पुर्याउनका लागी २० हजार देखि ५० हजार सम्म दलालले अभिभाव संग रकम असुलेको पनि पाइएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्