२१ कार्तिक २०८१, बुधबार

सदरमुकाम भन्दा गाउँ सफा

Khabarsabaiko बिहिबार, आश्विन १६, २०७६

हुम्ला
जिल्ला सदरमुकाम सिमकोट भन्दा सिमकोट गाउपालीका वडा तीनमा रहेको लाङ्गदु गाउँ जिल्लाकै सफा गाउकारुपमा घोषितभएको छ ।

मंगलबार सिमकोट गाउँपालिकाले लाङ्गदु गाउँलाई जिल्लाको पहिलो स्वच्छ सफा समुदाय घोषणा गरिएको छ ।

जिल्लाका अन्य सातवटा गाउँपालिकाका ४४ वटा वडामा रहेका गाउँहरु मध्य लाङ्गदु गाउँ सफा र स्वच्छ रहेको भन्दै सिमकोट गाउँपालिकाले नमुना गाउँ घोषणा गरेको वडा नं. ३ का महिला सदस्य नाङसाल लामाले बताए ।

सफा र स्वच्छ समुदाय राख्नु हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ युनिसेफ छाँया नेपाल र सिमकोट गाउँपालिको आर्थिक सहयोग स्नोल्यण्ड एकिकृत विकास केन्द्रको प्राविधिक सहयोगमा सिमकोट गाउपालिका वडा नं. ३ लाङदु गाउँलाई मगलवार वाट स्वच्छ सफा समुदाय घोषण गरिएको छ ।

सो गाउँका धारा , पाटी, पौवा , घर, आगन , सौचालय , बाटा घाटा ,सार्वजनिक स्थलहरु सबै स्वच्छ भए पछि उतm गाउँ लाई सफा स्वच्छ गाउँ घोषणा गरेको सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जिले जानकारी दिए ।

पहिला–पहिला सरसफाईको विषयमा आफुलाई त्यति थाहा नभएको र सबै गाउँ बासिहरु काममा मात्र ध्यान दिने सरसफाईमा ध्यन नदिएकोले गाउँमा धेरै विरामी हुने , गलगाड हुने महिनामा बल्ल तल्ल गरि एक चोटि लुगा दुने नुहाउने चलन रहेको सिमकोट गाउपालिका ३ लाङदुका स्थानियवासि काँरसाङमा लामाले बताउनुुभयो ।

सौच गर्न लाई पनि जंगलमा जानु पर्ने , पानिको धारा नभएकाले आधा घण्टा टाढा खोला बाट पानि ल्याउनु पर्ने अवस्था रहेको उहाँले बताईन ।

घर आगनहरु पनि फोहोर, पानी पर्दा बाटा घाटा हरु हिलो हुने आवतजावतमा गर्नलाई समस्या हुगेरेका थियो ।

जिल्लामा सरसफाई सम्बन्धी काम गर्ने विभिन्न संघ संस्थाहरुले यसको विषयमा शौचालयको प्रयोगको वारेमा सिकाए पछि अहिले गाउँ सफा रहेको लामाले वताए । हुम्ला जिल्लाका सबै गाउँहरु मध्य सफा स्वच्छ समुदायमा घोषणा भएकोमा आफुहरु खुसि भएको यहाँका स्थानीयले बताएका छन ।

लाङ्गदु गाउँमा अहिले जम्मा १६ घर दुरी रहेका छन भने सबैको घरमा शौचालय , घर घरमा धारा रहेका छन ।

विगतका वर्षहरुमा लामा समुदायले आफुले एक दिन खाएको थाल वा कचौरालाई एक हप्ता सम्म सफा नगरी त्यहीमा खाने चलन समेत रहेको थियो ।

अहिले विभिन्न संघ संस्था स्थानीय सरकारले गर्दा लामा समुदायको रहनसहन बदलीएको छ भने जिल्लाकै नमुना गाउँमा घोषणा गरिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्