०४ कार्तिक २०८१, आइतबार

हुम्लामा जीप दुर्घटना तीन बच्चा सहित अन्य चारजना घाईते

Khabarsabaiko बिहिबार, आश्विन २३, २०७६

हुम्ला
हुम्लाको सदरमुकाम सिमकोटबाट खार्पु जादै गरेको बोलेरो जीप दुर्घटना भएको छ । सदरमुकाम सिमकोट बाट विहिबार अपरान्ह खापु सडक खण्डमा जादै गरेको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । खार्पु सडक खण्डमा जादै गरेको लु २ च २२६७ जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक राम प्रसाद घर्ति मगरले जानकारी दिए । बोलेरो जीप दुर्घटना हुँदा तीन जना बच्चा सहित अन्य चार जना सामान्य घाईतेभएको उहाँले जानकारी दिनुभयो । जीज दुर्घटनामा घाईते हुनेमा कमला टमटा, बेलु हदेली जेठरा, रिभा जेठरा, अशकला जेठरा सहित तीन जना बच्चा दिपक टमटा, हौसेली रोकाया, शैलेश रोकाया रहेको जानकारी प्राप्त भएको छ । जीपमा अन्य केकति थिए भन्ने कुनै जानकारी नभएको पाईएको छ । घाईते सबैलाई जिल्ला अस्पतालमा ल्याउदै गरेको घर्तिमगरले जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्