१५ चैत्र २०८०, बिहिबार

उपचारमा पत्रकार बोहरालाई आर्थिक अभाव, सहयोग गर्न हार्दिक अपिल

Khabarsabaiko बुधबार, आश्विन २९, २०७६

हुम्ला
हिमाली दुर्गम जिल्ला हुम्लाबाट लामो समय देखि पत्रकारीता पेशा गर्दैआएका अर्जुन बोहरालाइ उपचारमा आर्थिक अभाब भएको छ ।
नेपाल पत्रकार महासंघ शाखा हुम्लाका अध्यक्ष,जिल्ला स्थित सामुदायिक रेडियो कर्णाली आवाजका मुख्य प्राविधिक अर्जुन बोहरा असोज ११ गते देखि विरामी भएर थला परेका छन । आवाज बिहिनको आवाज बिरामी बोहराको गला अहिले मस्तिष्क रोगका कारण अबरुद्ध भनेको छ ।

समाज परिवर्तनको हतियाररुपी कलम र दश वर्षे राजनीतिक बिद्रोहमा समाजका लागी गोडमेल गर्ने हातहरु नचल्ने भएका छन ।
सामाजिक विकृती, शुसाशनका निम्ती हरेक घटनाको जिउँदो इतिहाँस भन्ने पत्रकार बोहराको ज्यान अहिले अस्पतालको सैयामा छटपटाई रहदा उपचारको लागी आर्थिक अभाव भएको छ ।

बिरामी पत्रकार बोहराले बोल्न खोज्दा बोलि आउँदैन, हिड्न खोज्दा खुट्टा चल्दैन, लेख्न खोज्दा हात चल्दैन, कसैलाई सहयोग याचना गर्न न फोनमा कुरा गर्न मिल्छ । सामाजिक सञ्जालमा जोडिन खोज्दा दैवले दिएको समयको उपहार तोड्ने औकात पनि उहाँ सँग छैन् ।

नेपाल पत्रकार महासंघ शाखा हुम्लाका तथा रेडियो आवाजका मुख्य प्राविधिक बोहोराको स्वास्थ्य उपचारमा यहाँहरुको अतुलिन सहयोगको आवश्यक देखिएको छ ।

श्रमजीवी बिरामी पत्रकार बोहराको उपचारमा आर्थिक सहयोग गर्न इच्छुमनकारीहरुका लागी बिरामी पत्रकार बोहराका दाई दाजु विष्णु बोहराको राबा बैंक सिमकोट शाखामा रहेको बचत हिसाब ४१९०००४९२७१० लाई आधिकारिक खाताका रुपमा सक्दो सहयोग गर्न अनुरोध गरिन्छ ।

यहाँ कमेन्ट गर्नुहोस्