१६ चैत्र २०८०, शुक्रबार

सिमकोट विमानस्थलमा फायर भेकल पुग्यो

Khabarsabaiko शुक्रबार, कार्तिक ०१, २०७६

हुम्ला
नेपाल नागरिक उडड्यन प्राविधिकरण प्रधान कार्यालय बबरमहलले हुम्लाको सिमकोट विमानस्थललाई फायर भेकल दिएको छ ।
बिहिबार सुर्खेत हुँदै नेपाली सेनाको हेलिकप्टरबाट हुम्लाको सिमकोट विमानस्थलमा ल्याईएको हो ।

जहाज दुर्घटना हुँदा हुने समस्या आगलागी नियन्त्रण गर्ने उद्देश्यले पहिलो पटक फायर भेकल सिमकोट पुगेको सिमकोट नागरिक उडड्यन कार्यालय हुम्लाले जानकारी दिएको छ ।

अस्टेलियाबाट भारतको कलकता हुँदै हुम्लाको पुगेको फायर भेकलको मुल्य र ढुवानी गरी झण्डै ११ देखि १२ करोड सम्म पुगेको सिमकोट नागरीक विमानस्थल कार्यालय हुम्लाका प्रमुख गौरीशकंर शाहले बताए ।

अब विमानस्थल कुनै घटना हुँदा आगो नियन्त्रण गर्न सहज हुने उहाँले जानकारी दिनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्