२७ भाद्र २०८१, बिहिबार

तिहार अगाबै टिकट पाउन मुस्किल जिल्ला बाहिर जान यात्रुलाई सकस

Khabarsabaiko मंगलबार, कार्तिक ०५, २०७६

हुम्ला
हुम्लाका नागरीकलाई जिल्ला बाहिर जान समस्या भएको छ । राष्ट्रिय सडक सञ्जाल सँग नजोडिएको हुम्लामा सेवा दिदै आएका निजी एयरलाईन्सहरुले एक हप्ता देखि उडान नभर्दा यहाँका स्थानीयवासिलाई जिल्ला बाहिर जान सास्तिभएको छ । केही दिन यता देखि नेपाल एयरलाईन्सले नियमीत उडान गर्दैआएको छ । सिता एयरलाईन्सले ईन्जिनमा समस्या देखाउदै एक हप्ता देखि हुम्लाको उडान बन्द गरेको छ भने समिट एयरले चार दिन देखि पुर्वमा उडान गर्दै आएको छ । अबको एक दुईदिनमा सिता एयरलाईन्सले पनि जिल्लामा उडान गर्नेभएको सिता एयरलाईन्सका कर्मचारी सुर्य लामाले बताउनुभयो ।

सधै तिहारको समयमा यहाँका नागरीकलाई जिल्ला बाहिर जान सास्ति हुने गरेता पनि यो वर्ष निजी एयरलाईन्सहरुले नियमीत उडान नगर्दा तिहार भन्दा अगाडी जिल्ला जानको लागी टिकट पाउन समस्या भएको छ ।

आजभोलि नै टिकट पाउन समस्या हुँदा निजी एयरलाईन्सहरुले नियमीत उडान नगर्दा तिहार मनाएर अध्ययन, र कामको शिलसिलामा जिल्ला बाहिर जाने हुम्ली झनै समस्या हुनेभएको छ ।

निजी एयरलाई भन्दा केही दिन यता देखि नेपाल एयरलाईन्सले हुम्लामा नियमीत उडान हुँदा सहज भएको सिमकोट विमानस्थलका प्रमुख गौरी शंकर शाहले बताए ।

नेपालगञ्ज, सुर्खेत देखि नियमीत उडान नहुँदा दशै मनाउन हुम्ला पुगेका यहाँका नागरीकलाई जिल्ला बाहिर पढाई, कामको शिलसिलामा तराई झर्न सास्तिभएको छ । यहाँका स्थानीयले विहानै अध्यारोमा टिकटको लागी विमास्थल गेटमा धाउने गरेता पनि टिकट नपाएको खार्पुनाथ गाउँपालिका वडा पाँचका सन्तोष ऐडिले गुनासो गर्नुभयो ।

यस्तै सोही गाउँपालिका वडा चारका टेक बहादुर बुढा भने चार दिन देखि एयरलाईन्सका कार्यालयमा धाउदा जहाजले उडान नभर्दा कार्यालय बन्द हुने गरेको उनले गुनासो पोखे ।

अहिले तारा एयरलाईन्सले दिनमा एक फलाईट गर्ने गरेता पनि कोठाबाटै टिकट बुक गरेर सुटुक्क जहाज विमानस्थलमा पुग्ने बेला आउने गरेका छन । जहाजले नियमीत उडान नगर्दा जिल्ला बाहिर जाने हुम्लीलाई समस्या बनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्