२२ भाद्र २०८१, शनिबार

प्रयोग बिहिन सुधारीएको पानी घट्ट

Khabarsabaiko मंगलबार, कार्तिक ०५, २०७६

हुम्ला
हुम्लाको सर्केगाड गाउँपालिका वडा ६ बराई गाउँमा असारमसान्तमा निमार्ण सम्पन्न भएको सुधारिएको पानी घट्ट प्रयोग विहिन रहेको छ ।

वडा ६ बराई गाउँमा पानी घट्ट नभएकाले च्ख्ध्च्ःए, च्एग्म्ए र गाउँपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको पानी घट्ट अहिले प्रयोग विहिन रहेको स्थानीय कमला सार्कीले बताउनुभयो । च्ख्ध्च्ःए, च्एग्म्ए र गाउँपालिकाको नौ लाख ६८ हजार ६२ रुपैंया ७५ पैसाको आर्थिकमा सम्पन्न भएता पनि प्रयोगमा नआएको भत्कराज ऐडिले बताउनुभयो । सुधारिएको पानी घट्ट बराई गाउँका एक सय पचार घरधुरीलाई लक्षित गरी निर्माण गरिएता पनि स्थानीयले प्रयोगमा नल्याएको ऐडिले जानकारी दिनुभयो ।

असारमा निर्माण सम्पन्न भएको पानी घट्ट प्रयोगमा नआउँदा त्यहा स्थानीयले अर्को गाउँ रोडिटमा रहेमा साढे एक घण्टाको पैदल हिडेर पिसानी गर्दै आउने गरेका छन ।

स्थानीय खोलाका पानीबाट चल्ने घट्ट निर्माण भएता पनि यहाँका स्थानीयवासीले गहुँ, कोदो, चामल, मकै र फापर लगायतका अन्न पिसानी गर्न छिमेकी गाउँ रोडिकोटमा एक दिन लगाएर जाने गरेका छन ।

जिल्लाका अधिकांस गाउँमा रहेका पानी घट्ट विद्युतीय घट्ट सञ्चालनमा आएपछि प्रयोगविहीन भएको र ती घट्ट नयाँ प्रविधिसाथ सञ्चालन हुन थालेपछि लोप हुनथालेको स्थानीयवासीको भनाइ छ ।

निर्माण सम्पन्न भएको एक दिन मात्रै परिक्षण गरेता पनि अहिले प्रयोग विहीन रहेको स्थानीय ऐडीले बताउनुभयो ।

पानी घट्टबाट पिसानी गर्दा पिसानी गरेको अन्नको केही भाग घट्ट धनीलाई दिने चलन समेत रहेको स्थानीयले बताउने गरेका छन ।

हुम्लाको सर्केगाड गाउँपालिका वडा ६ बराई गाउँमा असारमसान्तमा निमार्ण सम्पन्न भई प्रयोग विहिन बनेको सुधारिएको पानी घट्टको भवन

यहाँ कमेन्ट गर्नुहोस्