३१ बैशाख २०८१, सोमबार

हुम्लिकाे दुख: उहि प्रशासन दुई

Khabarsabaiko मंगलबार, कार्तिक ०५, २०७६

हुम्ला
हुम्लाको सर्केगाड गाउँपालिकामा ईलका प्रशासन कार्यालय स्थापना भएको ठिक ३ वर्ष पुग्यो तर हुम्ली बासिन्दाको दुख उहि सिमकोट पुग्नु पर्ने रहेको छ । कार्यालय सहयोगी मन लागे कार्यालय खोल्ने मन नलागे बन्द गरी बस्ने गरेका छन् ।

ईलकामा कर्मचारी नहुँदा ताजाँकोट, चंखेली ,अदानचुली, सर्केगार्ड गाउँपालिकाका स्थानीय सदरमुकाम सिमकोट धाँउन बाध्य भएका छन ।

सरकारले हुम्ला साविक १० गाउँ विकास समितिका स्थानीयलाई लक्षित गरी २०७३ साल असार ३० गते ईलाका प्रशासन कार्यालय स्थापना गरेको हो । ईलाका प्रशासन कार्यालयबाट प्राप्त हुने नागरिकता र सिफारिस लिन यहाँका चार गाउँपालिका का स्थानीयबासीहरु ४ देखि ५ पैदल हिडेर जिल्ला प्रशासन कार्यालय सिमकोटमा पुग्ने गरेका छन ।

ईलाका प्रशासनको बोर्ड टाँसियो, कार्यन्वय भएनन

हुम्लाको सर्केगार्ड गाउँपालिकामा ईलाका प्रशासन कार्यालयको बोर्ड टाँसिएको तीन वर्ष वितेको छ । ईलाका प्रशासन कार्यालय सर्केगार्ड भनेर बोर्ड मात्रै टाँगिएको भएता पनि काम सञ्चालनमा आउन सकिरहेको छैन । तर इलाकाबाट हुने सेवा सुविधा यहाँका स्थानीय अहिले सम्म नलिएको बताउने गरेका छन ।

सामान्यत नेपाली नागरिकता र राहदानीको सिफारिस पाउनु पर्ने भएपनि हाल सम्म लिन पाएका छैनन् । नागरिकता र राहदानीको सिफारिस लिन सदरमुकाम सिमकोट नपुगि सुख छैनन । जिल्ला प्रशासन कार्यालय हुम्लाले केही वर्ष पहिला निमित कार्यालय प्रमुखका रुपमा नायब सुब्बा भिम रोकायालाई खटाएको थियो । जिल्ला प्रशासन कार्यालयमा कर्मचारी अभाव भएपछि पुन जिल्ला प्रशासन कार्यालय तानेको छ । निमित प्रमुख रोकाया जिल्ला आएपछि ईलाका प्रशासन कार्यालय प्रमुख बिहिन नै छ ।

जिल्ला प्रशासनमै कर्मचारी अभाव

जिल्ला प्रशासन कार्यालय मै कर्मचारी अभाव भएको प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले बताउनुभयो । नायब सुब्बा, खरिदार कम्प्युटर अपरेटरको अभाव भएको प्रजिअ भट्टराईले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय कर्मचारी नहुँदा कार्यालय सहयोगीकै भरमा सञ्चालन रहेको प्रजिअ भट्टराईको भनाई रहेको छ । जिल्लामै कर्मचारी छैनन् ईलकामा नहुने कुरै भएन प्रमुख जिल्ला अधिकारीले भनिन । हुम्लाका ४ गाउँपालिका स्थानी ईलका प्रशासन कार्यालयमा कर्मचारी नभएपछि ४ देखि ५ दिन पैदल हिडेर सदरमुकाम पुग्न बाँध्य भएका छन् ।

चार दिन पैदलमा सिमकोट

जिल्लाको दक्षिण क्षेत्रमा रहेका चारवटा गाउँपालिकाका स्थानीय नागरीकले ईलाका प्रशासन कार्यालयबाट सेवा पाउन नसकेपछि चार चार देखि पाँच दिनको पैदल हिडेर सिमकोट पुग्ने गरेको ताजाँकोट गाउँपालिका ५ का खडक बुढाले बताउनुभयो ।

ईलाका प्रशासनको बोर्ड टासेको मात्रै देखिन्छ सामान्य कामको लागी सिमकोट नै धाउनुपर्ने बाध्यता रहेको उहाँले बताए ।

ईलाका प्रशासनले सेवा नदिदा आफु लगायत अन्य नागरीकले राहदानी , नागरीकता बनाउनको लागी पनि सदरमुकाम सिमकोट पुग्नुपर्ने उनले बताए । े

यहाँका नागरीकलाई जिल्ला प्रशासन कार्यालयबाट राहदानी सिफारिस नागरीकता सिफारीस लिएर आवत जावत गरी आठ दिन लाग्ने गरेको छ ।

ओहोरदोहर गर्दा ८ दिन समयम मात्रै नभई ५ देखि ७ हजार खर्च भएको खडक बुढाले बताउनुभयो ।

बुढाको पिडा मात्रै नभई चंखेली गाउँपालिका १ का तिलक बोहोरा पनि राहदानीको सिफारिस लिन सर्केगार्ड ईलाका प्रशासन पुगे तर ईलाका कार्यालय बन्द भएपछि जिल्ला सदरमुकाम सिमकोट पुगेको गुनासो गरेका छन ।

उनले गुनासो गर्दै भने हुम्ली जनताको दुःख उही छन् तर हुम्लामा प्रशासन कार्यालय दुई रहेको बताए ।

बोहोराले भने नेपाल सरकारले साविका १० गाउँ विकास समितिलाई लक्षित गरी सर्केगार्ड गाउँपालिकामा ईलाका प्रशासन कार्यालय स्थापना गरेको ३ वर्ष भयो तर यहाँबाट दिने सेवा सुविधा यहाँका नागरीकले अहिले सम्म नलिएको स्थानीयको दुखेसो छ ।

सर्केगार्ड ईलाका प्रशासन कार्यालय ४ वटा गाउँपालिकालाई पायक पर्ने गरे पनि ईलाका प्रशासन कार्यालय स्थापना भएको वर्ष देखि बन्द रहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्