३१ बैशाख २०८१, सोमबार

पचास कार्टुन चिनीया मदिरा ब्यवारिसे अवस्थामा भेटियो

Khabarsabaiko सोमबार, मंसिर ०२, २०७६

हुम्ला
हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा पचास कार्टुन चिनीया मदिरा (झिनीगिन्टी) व्यवारीसे अवस्थामा प्रहरीले भेटाएको छ । शनिवार बेलुका प्रहरी चौकी याल्वाङ्गका इन्चार्ज देब बहादुर गुरुङ्गको नेतृत्वमा खटिएको टोलीले याल्वाङ्गको रोडमा पचास कार्टुन चिनीया झिनीगिन्टी ब्यवारिसे अवस्थामा भेटाएको जिल्ला प्रहरी कार्यालय हुम्लाका निमीत्त प्रहरी कार्यालय प्रमुख राजेन्द्र बहादुर सिंहले बताउनुभयो ।

सिमा नाकाबाट लुकाएर ल्याएको पचास कार्टुन चिनीया मदिरा (झिनिगिन्टी) याल्वाङ्गमा रहेको प्रहरी चौकीलाई देखेर बाटोमा छोडर भागेको हुन सक्ने अनुमान प्रहरी चौकी याल्वाङ्गले गरेको छ ।

याल्वाङ्गमा पुगेको पचास कार्टुन मदिरा सेरा गाउँबाट लिमीको बाटो भएर ल्याएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

चीनबाट हुम्लाको सदरमुकाम सिमकोट पुगेको एक बोतल भिनिगिन्टीको मुल्य रु. ६ सय पर्ने गरेको छ । चीनमा सस्तो मुल्यमा पाईने चिनिया झिनिगिन्टी हुम्लामा बढी मुल्यमा विक्री हुने भएकाले पनि व्यापारीहरुले यसलाई चीन सँग जोडिएका नाकाबाट लुकीछुपि जिल्लामा भित्रयाउने गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएको छ ।

चीनबाट हुम्ला पुगेको एक बोतल झिनिगिन्टीको मुल्य ६ सयका दर पचास कार्टुनमा ६ सय बोतल भिनिगिन्टी हुनेभएकाले यसको मुल्य करिब तीन लाख ६० हजार मुल्य पर्न गएको छ ।

शनिवार बरामद गरिएको झिनिगिन्टी मदिरा नाम्खा गाउँपालिका,भन्सार कार्यालय, र प्रहरीको रोबहरमा नष्ट गरिने जिल्ला प्रहरी कार्यालय हुम्लामा निमीत्त प्रहरी कार्यालय प्रमुख सिंह बताउनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्