०४ कार्तिक २०७८, बिहिबार

‘ज्यामी माहुरीले झैं काम गरें’,गोकर्ण विष्टको गम्भिर स्टाटस्

Khabarsabaiko बिहिबार, मंसिर ०५, २०७६

बर्खास्त गरिएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मन्त्री पदबाट बर्खास्त भएपछि लेखेको फेसबुक स्टाटसले चर्चा पाएको छ ।

बर्खास्त गरिएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले आफूले मन्त्री पदमा रहँदा ज्यामी माहुरीले झैं काम गरेको उल्लेख गरेका छन् । मन्त्री पदबाट बाहिरिएपछि फेसबुकमार्फत उनले वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र वेरोजगार युवाहरुको पक्षमा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेको प्रतिक्रिया दिएका छन् ।

उनले लेखेका छन्, ‘अहिले मन्त्रीबाट बाहिरिएको छु, थप उर्जा र प्रेरणाका साथ । मन्त्रीको रुपमा काम गर्ने अवसर प्रदान गर्ने सम्मानीय प्रधानमन्त्रीज्यूप्रति कृतज्ञ छु । सुधार अभियानमा साथ दिने सहयोगी, शुभचिन्तक एवं सबै दाजुभाइ दिदीबहिनीहरुलाई हार्दिक धन्यवाद !

यहाँ कमेन्ट गर्नुहोस्