०३ कार्तिक २०८१, शनिबार

टिपर दुर्घटना तीन जनाको मृत्यु १२ जना घाईते

Khabarsabaiko बुधबार, मंसिर ११, २०७६

हुम्ला
हुम्लाको नाम्खा गाउँपालिकाको सन्धीखोलामा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्युभएके छ । लिमीबाट सिमकोट आउँदै गरेको टिपर दुर्घटना हुँदा तीन जनाको मृत्युभएको हो भने १२ जना घाईते भएका छन । लु ४ ख ३२६९ नम्बर टिपर सडकबाट १५ मिटर तल खस्दा तीन जनाको मृत्यु हुनुको साथै १२ जना घाईते भएका छन । मृत्यु हुनेमा नाम्खा गाउँपालिका वडा एक निवासी हेप्का गाउँका तान्ज्योत लामा, छिरिङ्ग लामा एक जना महिला नोरी लामा रहेका छन । अन्य सात जना घाईतेको नाम नखुलेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकार िदिएको छ । मृत्यु हुने तिनै जना लामाको घर नाम्खा गाउँपालिका हेक्पा गाउँका रहेका छन ।
घाईते सात जनालाई अहिले अस्पताल हुम्लामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक राम प्रसाद घर्तिमगरले जानकारी दिनुभयो । सातैै जना घाईतेको शरिरबाट रगत धेरै बगिरहेको र टिपर चालकलाई स्थानीयले पक्राउ गरि जिल्लामा ल्याउदै गरेको जानकारी प्राप्तभएको छ ।
दुर्घटनामा घाईतेको नाम नखुले जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । टिपर चालकले मापासे गरेका कारण पल्टिएको यहाँकास्थानीयले बताएका छन ।

यहाँ कमेन्ट गर्नुहोस्