१६ चैत्र २०८०, शुक्रबार

सल्यानमा नेकपाका बुढा विजयी

Khabarsabaiko शनिबार, मंसिर १४, २०७६

सल्यान
सल्यानको कुमाख गाउँपालिका वडा नम्बर ५ मा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपाका धर्मे बुढा निर्वाचित भएका छन् । नेपाली कांग्रेसका खड्कबहादुर बोहरालाई पाँच सय ४१ मतले पछाडि पार्दै बुढा वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

बुढाले सात सय ९२ मत पाउँदा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बोहराले दुई सय ५१ प्राप्त गरे । त्यस्तै राप्रपाका गोपाल शाहले २१ मत पाएका जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ । यहाँकूल ११ सय २४ मतमध्ये ६० मत बदर भएको थियो ।

सल्यानको कुमाख गाउँपालिका–५, मा २०७४ सालको निर्वाचनमध्ये शनिबार सम्पन्न उपनिर्वाचनमा २।०७५ प्रतिशत कम मत खसेको थियो । उपनिर्वाचनमा कूल १८ सय ३९ मतमध्ये ११ सय २४ अर्थात् ६१।१२५ प्रतिशत मत खसेको थियो । ६ सय महिला र पाँच सय २४ जना पुरुष उपनिर्वाचनमा सहभागी भएका थिए ।

२०७४ को निर्वाचनमा उक्त वडामा १८ सय ७७ मध्ये ६३।७७५ प्रतिशत अर्थात् ११ सय ९७ मत खसेको थियो । यहाँका वडाध्यक्ष जिल्ला समन्वय समितिको सदस्य भएपछि यहाँ वडाध्यक्ष पद रिक्त थियो ।

यहाँ कमेन्ट गर्नुहोस्