About Contact Links
Close
बिज्ञापन
तीनवर्ष देखि नारेको झुपडि बनाएर रात कटाउँदै

पदम राज हमाल आइतबार, मंसिर २२, २०७६ मा प्रकाशित

हुम्ला
जिल्लाको सर्केगाड गाउँपालिका वडा तीन निवासी उनापानि गाउँका कल्याण फडेरा र उनका श्रीमती शिवकला फडेरा तीन वर्ष देखि नारेको झुपडीकाभरमा रात कटाउँदै आएका छन् ।

तीन वर्ष अगाडी वर्षातले घर भत्काएपछि आर्थिक अवस्था कम्जोरले घर निर्माण गर्न नसक्दा गाउँ नजिकमा रहेको जंगलमा नारेको झुपडीमा बस्दै आएको ७० वर्षका कल्याण फडेराले जानकारी दिनुभयो । दुई बुढाबुढी र एक छोरा सहित तीन परिवार भएका फडेराका परिवारमा आर्थिक अवस्था कम्जोर हुँदा नारेको झुपडीको छाप्रो बनाएर बस्दै आएको उनले गुनासो गर्नुभयो । दश वर्ष अघि कामको खोजीमा उनका छोरा पेमा फडेरा भारत गएर घर फिर्ता नहुँदा ७० वर्षिय बृद्ध बृद्धाको फडेराको परिवारमा नयाँ घर निर्माण गर्ने युवा जनशक्ति नहुँदा उनापानि गाउँ नजिक रहेको नारेको झुपडीमा रात कटाउँदै आएको वडा दुई रिप गाउँका फागुने महताराले जानकारी दिनुभयो ।

बुढेसकालमा काम गर्न नसक्दा सरकारले दिने वृद्धभत्ताले नै गुजारा चलेको ७० वर्षिय फडेराले मधुरो स्वरमा गुनासो पोख्नुभयो । नयाँ घर बनाउनका लागि स्थानीय सरकार, जनप्रतिनिधिसँग आग्रह गरे पनि कसैले वास्ता नगरेको उनीहरूले दुखेसो पोखेका छन् ।

युवा अवस्थामा चिसो तातो भनिएन् बुढेसकालमा यो हिउँदको समयमा सारै समस्या हुने गरेको उनले गुनासो गर्नुभयो । उनले भने हिउँदको समयमा रात लामा मानिन्छन् सबै आ–आफ्ना घरमा निद्रामा हुन्छन् होला हामी दुई बुढाबुढी राम्रो सुत्न पाईयोस भन्दै भगवानको नाम पुकारदै रात कटाउने गर्छौ ।

हिउँदको मौसम सुरु भएसँगै हुम्लामा चिसो अत्याधिक हुने भएकाले समस्या हुने गरेको उनले गुनासो गर्नुभयो ।

तीन वर्ष अघि भर भत्किदा नयाँ घर बनाउन नसकेकाले यो चिसो मौसममा नारेकोे झुपडीको बाँस बस्दै आउनुपरेको फडेराले गुनासो गरेका छन् ।

गाउँमा घर बनाउन नसक्दा गाउँ नजिकमा रहेको नारेको झुपडी नै आफ्नो लागी बस्ने बाँस स्थान भएको उनले गुनासो गर्नुभयो । आर्थिक अवस्था कम्जोरले नै गर्दा गाउँमा घर बनाउन नसक्दा गाउँछोडेर जंगल छेउमा बस्न थालेको उनले बताउनुभयो । चिसो सुरु भएसँगै नारेको झुपडीमा समस्या हुन थालेको उनकी श्रीमती ६५ वर्षीया शिवकला फडेराले गुनासो पोख्नुभयो ।

दिउँसो त घाम ताप्छौँ, रातिको समय चिसो बढी हुनुको साथै ‘ओढ्नेओछ्याउने लुगाफाटो पनि राम्रो नभएको सारै समस्या भएको गुनासो गर्नुभयो ।

सम्बन्धित

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७