०१ कार्तिक २०८१, बिहिबार

निशुल्क आँखा शिविरमा ६ सय २६ जनाले लिए निशुल्क सेवा

Khabarsabaiko आइतबार, मंसिर २२, २०७६

हुम्ला
जिल्ला आँखा उपचार केन्द्र सिमकोटमा १९ गतेबाट निःशुल्क आंखा शिविर सञ्चालन भएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा हुम्ला, नेपाल नेत्रज्योती संघ जिल्ला शाखा हुम्ला तथा जिल्ला आँखा उपचार केन्द्र हुम्लाको समन्वय तथा हिमालय आँखा अस्पताल घारिपाटन, पोखराको आर्थिक र प्राविधिक सहयोगमा आयोजित शिविरमा ६ सय २६ जना आँखाका विरामीले आंखाको जाच गराएका छन । यहा स्थित बिपन्न, गरिब, असहाय जनताहरुको लागी यस्ता खालका कार्यक्रम संचालन गरिएको आयोजक संस्थाका संयोजक तथा जिल्ला आँखा उपचार केन्द्र प्रमुख बुम बोहराले जानकारी दिए ।

तीन दिन सम्म सञ्चालन गरिएको निशुल्क आँखा शिविरमा ६ सय २६ जना बिरामीले आफ्नो आँखा चेकजाँच गरेका मध्ये ३३ जनाको आईतबार जिल्ला आँखा उपचार केन्द्रमा निःशुल्क मोतिया विन्दु शल्यक्रिया गर्नुका साथै औषधी समेत वितरण गरिएकोे केन्द्र प्रमुख बोहराले जानकारी दिनुभयो । यस्तै ४० वर्ष उम्मेर नाघेका एक सय १८ जनाको आँखा चेकजाँचपछि पढलेख गर्न मिल्ने पावर वाला चस्मा निशुल्क वितरण गरिएको बोहराले जानकारी दिनुभयो । निःशुल्क आँखा शिविरमा नाम दर्ता गर्न २० रुपैया बाहेक आँखाका विरामीबाट अन्य कुनैपनि शुल्क नलिएको उहाँले जानकारी दिनुभयो ।

तीन दिन सम्म सञ्चालन भएको आँखा शिविरमा डाक्टर हरिविक्रम अधिकारीको नेतृत्वमा पाँच जनाको टोलीले हुम्ला जस्तो हिमाली जिल्लाका नागरीकलाई निःशुल्क आँखा उपचारमा सेवा गर्न पाउँदा खुसि लागेको डाक्टर हरिविक्रम अधिकारीले जानकारी दिए ।

गत बर्ष पनि यहाँका नागरीकका लागी निःशुल्क आँखा शिविर सञ्चालन गरिएको केनद्र प्रमुख बोहराले जानकारी दिनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्