२७ भाद्र २०८१, बिहिबार

दुर्घटना अपडेटः मृत्युहुने र घाईतेको नाम खुल्यो

Khabarsabaiko बिहिबार, मंसिर २६, २०७६

हुम्ला
हिल्सा देखि याल्वाङ्ग आउँदै गरेको टिपर तुम्कोट भिरमा दुर्घटनामा परेको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका वडा पाँचको तुम्कोट भिरमा बा ५ ख ५३८४ नम्बरको टिपर दुर्घटना हुदा दुई जनाको घटनास्थलमै मृत्युभएको छ । मृत्यु हुनेमा नाम्खा गाउँपालिका वडा एक निवासी हेप्का गाउँका २५ वर्षकी सोनाम मिगुर लामा, नाम्खा वडा चार बस्ने साबेल लामाको रहेका छन् । मृत्युभएका दुवै जनाको सनाखत भएर आफन्तले बुझेका छन् ।

घाईते हुनेमा टिपर चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालीका चार घरभएका वर्ष २५ का कुलमान तामाङ्ग र हुम्लाको नाम्खा गाउँपालिका वडा १ वर्ष ३२ की सोनाछेजुन लामा रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका निमित्त प्रहरी प्रमुख राजेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो । घाइते चालक सहित लामाको अहिले स्थानीय मुचु स्वास्थ्यचौकीमा उपचार भईरहेको उहाँले जानकारी दिनुभयो । टिपर भिरबाट सात सय मिटर भन्दा तल खसेको उहाँले बताए ।

हिल्सा देखि याल्वाङ्गका लागी टिपरले खाद्य वस्तु र डिजेल बोकेर याल्वाङ्ग जाने क्रममा टिपर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएको छ ।

हुम्लामा आज विहानबाट हिमपात भएका कारणले हिउँमा चिप्लेर टिपर दुर्घटनामा परेको हुने सक्ने जिल्ला प्रहरी कार्यालय हुम्लाले आशंका गरेको छ । यस अघि मंसिर ११ गते सल्लि खोलाबाट चामल ओसारि रहेको टिपर सिमकोट लाग्नामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो भने ११ जना घाईते भएका थिए

यहाँ कमेन्ट गर्नुहोस्