१६ चैत्र २०८०, शुक्रबार

निजी सम्पती जसरी वडाध्यक्षले गरे आफ्नै घरमा वल्र्डलिंक जडान

Khabarsabaiko बिहिबार, पुष ०३, २०७६

हुम्ला
जिल्लाको दक्षिण क्षेत्रमा रहेको चंखेली गाउँपालिका वडा पाँचका अध्यक्ष का अध्यक्ष भैरब तामाङ्गले आफ्नै घरमा वल्र्डलिंक जडान गरेका छन् । दुर्गम मानिएको वडा पाँच नेक्पा गाउँमा नेपाल टेलिकमको सेवा टेलिफोनले काम नगर्ने सोहीमा गाउँमा वल्र्डलिंक सेवाको ईन्टरनेट सेवा सुचारुभएको छ ।

वल्र्डलिंक कम्युनिकेशनले हुम्ला सहित कणार्ली प्रदेशका दशवटै जिल्लामा आफ्नो सेवालाई विस्तार गरेको छ । हुम्लाका सातवटै गाउँपालिकामा रहेका दुर्गम गाउँमा वल्र्डलिंकले सेवा प्रदान गरेको छ । वल्र्डलिंक कम्युनिकेशनले हुम्लामा रहेका ४४ वटै वडामा आफ्नो सेवालाई विस्तार गरिरहदा चंखेली गाउँपालिकाको वडा पाँच नेक्पाका वडाअध्यक्षले आफ्नो घरमा यो सेवा जडान गरेका छन ।

वल्र्डलिंकले आफ्नो सेवालाई यहाँका स्थानीय तहमा रहेका स्वास्थ्यचौकी, विद्यालय, वडा कार्यालय,गाउँपालिका कार्यालय लगायत सार्वजनिक स्थानमा विशेष प्राथामिकताका साथ राखेता पनि चंखेली गाउँपालिका वडा ५ का अध्यक्षले सार्वजनिक ठाउँमा जडान गर्न छोडेर निजी सम्पती जसरी गरेर आफ्नै घरमा राखेको त्यहाँका स्थानीय जेबि तामाङ्गले जानकारी दिए ।

जनताले चुनाएका जनप्रतिनिधिले निजी सम्पती जसरी आफ्नै घरमा जडान गर्न नहुने स्थानीय तामाङ्गले बताए । वल्र्डलिंक कम्युनिकेशनले यहाँका स्थानीय तहका वडा गाउँपालिकाबाट आफ्नो सेवा प्रदान गरेको छ ।

तर जिल्लाका अन्य क्षेत्रमा रहेका गाउँपालिकामा रहेका वडाहरुमा सार्वजनिक क्षेत्रमा जडान गरिएता पनि नेक्पा गाउँमा भने वडाध्यक्ष आफ्नै घरमा राखेको स्थानीय तामाङ्गले जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्