११ आषाढ २०८१, सोमबार

हिमपातका कारण दश दिन देखि अबरुद्ध वल्र्डलिंकको सेवा सुचारु

Khabarsabaiko सोमबार, पुष ०७, २०७६

हिमपालका कारण दश दिन देखि अबरुद्ध वल्र्ड लिंक सेवा सुचारु भएको छ । जुम्ला र मुग जिल्लाको  विचमा रहेको बुलबुलेमा रहेको रिफ्लेक्ट टावरमा प्राविधिकले  मर्मत गरेपश्चात मुगु, जुम्ला र हुम्लाको अबरुद्ध इन्टरनेट सेवा सुचारु भएको हो ।

हिमपातको कारण टावरको खराबीलाई मर्मत गरिए पछि वल्र्डलिंकको इन्टरनेट सेवा सुचारु भएको वल्र्ड लिंक प्रा.लिका हुम्ला संयोजक रामजन रावतले बताए ।

सेवा सुचारु भएपछि हुम्लाका सबै गाउँपालिका र ४२ वटा वडा कार्यालयमा इन्टरनेट सेवा संचालनमा आएको छ ।  हुम्लाका सबै गाउँपालिका, वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालयहरुमा वल्र्ड लिंकले इन्टरनेट जडान गरेको थियो । टेलिफेन सेवा अबरुद्ध भएको लिमीमा इन्टरनेट सेवा सञ्चालनमा आउदा हुँदा लिमी सञ्चार सम्पर्क आएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्