१९ जेठ २०८०, शुक्रबार

पत्रकार नरजन तामाङमाथिआक्रमणको प्रयास

Khabarsabaiko शनिबार, पुष १२, २०७६

खाद्य संस्थानको ताला तोडेर खाद्यान्न बिक्री गरेको विषयमा समाचार लेखेको भन्दै नयाँ पत्रिकाका हुम्ला संवाददाता नरजन तामाङलाई खर्पुनाथ गाउँपालिका कार्यालय नजिकै दुई जनाले शुक्रबार दुर्व्याबहार गरेका छन् । गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले संस्थानको ताला तोडेर ३६ क्विण्टल चालम कार्यकर्तालाई वितरण गरेको समाचार गत ५ पुसको नयाँ पत्रिकामा प्रकाशित भएको थियो ।

सोही निहुँमा प्रभु बैंकका कर्मचारी रामजन शाहीले गाली गर्दै कुटपिट प्रयास गरेका हुन् । समाचारमा संस्थानको ताला तोडेर चालम वितरण गर्न शाहीले पनि सहयोग गरेको उल्लेख थियो । गालीगलौज र कुटपिट प्रयास गर्नेमा शाहीसँगै जगदिश हमाल रहेका थिए ।

‘चंखेलीबाट सदरमुकाम फर्क‍ँदै गर्दा बाटोमा दुई जनाले बोलाएर गालीगलौज गर्दै र हातपात प्रयास गरे,’ तामाङले भने, ‘कुटपिट गर्न खोज्दा मलाई पदमराज हमालले छेक्नु भयो ।’ समाचार लेख्ने यही हो भन्दै उनीहरुले आक्रमण प्रयास गरेका थिए । समाचार लेखेकै कारण कुनै कारबाही भए नछाड्ने चेतावनी उनीहरुले दिएका थिए । पत्रकारमाथि आक्रमण हुन लागेकाे सूचना पाएर पुगेको प्रहरीले तामाङलाई सुरक्षा दिएका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्
%d bloggers like this: