१५ चैत्र २०८०, बिहिबार

सिजनल रुघाखोकीले मृत्यु

Khabarsabaiko बुधबार, पुष १६, २०७६

हुम्लाको खार्पुनाथ गाउँपालिका वडा ३ राया गाउँ निवासी एक जना महिलाको सिजनल रुघाखोकीले मृत्युभएको छ । केही दिन  देखि फैलिएको सिजनल रुघाखोकीले गर्दा गाउँ नै थला परेको छ ।  सोमबार राति सिजनल रुघाखोकीका कारण वडा ३ राया गाउँका ३६ वर्षिय चुन्दा बुढाको मृत्युभएको स्थानीय पुर्ण बहादुर रोकायाले जानकारी दिए ।
रुघाखोकीले गाउँ नै थला परेपछि गाउँमै रहेको राया स्वास्थ्यचौकीमा दैनिक १५ देखि २० जना उपचारका लागी आउने गरेको अहेब बिर सिंह रावलले जानकारी दिनुभयो । अहेब रावलले भने आफु पनि एक हप्ता देखि गाउँमा फैलीएको सिजनल रुघाखोकीले विरामी भएर स्वास्थ्यचौकीमा जान नसकेको बताए । राया स्वास्थ्यचौकीमा यतिबेला उपचार गराउन आउने बिरामीमा ज्वरो, टाउको दुख्ने, घाँटी पोल्ने, हातखुट्टा झमझमाउने जस्ता रोगका बिरामी आउने गरेको उनले बताए । अहिले राया स्वास्थ्यचौकीमा स्टोक रहेको औषधि पनि सकिन लागेको अहेब रावलले बताउनुभयो ।
हिउँदको महिना शुरु भएसँगै जिल्लाका सातवटै गाउँपालिकामा रहेका स्वास्थ्यचौकीमा बिरामीको सङ्ख्या बढेका छन् । गत मङ्सिर महिनाको अन्तिम सातामा परेको भारी हिमपातले बिरामीको सङ्ख्या झन बढ्दै गएको छ । जिल्ला अस्पातल हुम्लामा पनि बिरामीको चाप बढ्दै गएको छ । रुघाखोकीका बिरामीले अस्पतालका शय्या भरिभराउ हुने गरेको छ

यहाँ कमेन्ट गर्नुहोस्