०६ चैत्र २०८०, मंगलबार

हेलिकप्टर दुर्घटनामा ताइवानका प्रधान सेनापतिसहित आठको मृत्यु ।

Khabarsabaiko बिहिबार, पुष १७, २०७६

एजेन्सी
ताइवानमा सैनिक हेलिकप्टर दुर्घटना हुँदा प्रधान सेनापतिसहित आठ जनाको मृत्यु भएको छ । वायु सेनाका प्रमुखसमेत रहेका प्रधान सेनापति सेन यी मिङसहित १३ जना चढेको ब्ल्याक हक हेलिकप्टर आज बिहान उत्तरी ताइवानको पहाडमा दुर्घटना भएको ताइवानी रक्षा मन्त्रालयले जनाएको छ । प्रधान सेनापति मिङ उत्तरपूर्वी क्षेत्रमा रहेका सैनिकलाई भेट्न हेलिकप्टरमा जाँदै गरेको अवस्थामा दुर्घटना भएको हो । हेलिकप्टरमा सवार पाचँलाई जिवितै उद्धार गरिए पनि प्रधान सेनापति मिङ र अन्य सात जनाको भने मृत्यु भएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ । मृतकमध्ये दुई मेजर जनरल, रक्षा मन्त्रालयका उपप्रमुख, लेफ्टिनेन्ट कर्नेल, एक क्याप्टेन, दुई सिनियर मास्टर सर्जेन्ट र एक मेजर रहेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्