About Contact Links
Close
बिज्ञापन
प्रसुति गृह भवन निर्माण पश्चात स्थानिय महिला हर्शित

पदम राज हमाल, हुम्ला बिहिबार, पौष १७, २०७६ मा प्रकाशित

हुम्ला जिल्लाको सर्केगार्ड गाउँपालिका १  तुम्च गाउँमा ८५ लाखमा सुविधा सम्पन्न प्रसुति गृह भवन निर्माण पश्चात स्थानिय महिला हर्शित भएका  छन् । यस अधि प्रसुति सेवाका लागि तिन घण्टा हिडेर श्रीनगर र जैर जानु पर्नेमा घर नजिकै अस्पताल बने पछि खुसि भएको स्थानिय विशकला रावतले जनाउनु भयो ।

नेपाल ट्रस्ट हुम्लाको आर्थिक सहयोगमा सुविधा सम्पन्न प्रसुति गृह भवन निर्माण भएको नेपाल ट्रस्ट हुम्लाका संयोजक पामा लामाले जानकारी दिएका छन् । गाउँमै सोलारदेखि प्रसुति गृहमा आवश्यक पर्ने सामाग्रीसहितको प्रसुति गृहको निर्माण कार्य सम्पन्न भएको संयोजक लामाले बताए ।

भवनको बाहिर फलामे तारजालीले घेरबार २ वटा शाैचालय बाथरुम र स्वास्थ्यकर्मीलाई बस्ने समेत भवन बनाइको छ । प्रसुति गृहको भवन निर्माण कार्य सम्पन्न भएपछि सर्केगार्ड गाउँपालिका १ का वडाध्यक्ष गोकुल बुढाले उद्घाटन गरेका छन् ।फेज नेपाल हुम्लाले औषधी र कर्मचारी सहयोग रहेको छ । सुविधा सम्पन्न भएको प्रसुति गृह निर्माण गरि वडालाई हस्तान्तरण गरिएको छ ।

सम्बन्धित

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७