१६ आश्विन २०८१, बुधबार

एकसातादेखि हुम्ला जिल्ला सञ्चारबिहिन

Khabarsabaiko बुधबार, पुष २३, २०७६

हुम्ला–एकसातादेखि हुम्ला जिल्लाको सदरमुकाम सिमकोट सञ्चारबिहिन भएको छ । कालिकोटको माहबु लेखमा रहेको रिपिटर टावरमा च्याङ्गले बिग्रारेपछि हुम्ला जिल्लाको सदरमुकाम सिमकोट एकसातादेखि सञ्चार बिहिन भएको हो ।
नमस्ते,ल्याणडलाइन फोन,एडिसियल, र एनसियलको टावरले काम नगरेपछि जिल्ला सदरमुकाम सिमकोट सञ्चारबिहिन भएपछि समस्या भएको सेवाग्राहीको दुखेसो रहेको छ । एकसातादेखि सञ्चारबिहिन भएपछि जिल्लाका सञ्चारकर्मीलाई समेत समस्या भोग्नु परेको सञ्चारकर्मी नरजन तामाङ्ले दुखेसो गरे । उनले भने स्काइ सेवा दिएपछि मात्रै अलि सहज भएको सञ्चारकर्मी तामाङ्गको भनाई छ । लागातार हिमपातका कारणा जिल्लाको दक्षिण भेग मदाना पनि एक हप्तादेखि नमस्तेको टावरले काम नगर्दा सञ्चार विहिन भएको स्थानियको भनार्इ छ ।
टेलिफोन सेवा र इन्टरनेट सेवा नहुँदा सरकारी तथा गैहसरकारी कार्यालय र स्थानीय सेवाग्राही मर्कोमा परेका छन । सञ्चारबिहिन भएसँगै जिल्लामा सञ्चालित दुई वटा रेडियोलाई समस्या भएको छ । गुणस्तरहिन सञ्चारका कारण जिल्लामा बेलाबेला सेवाग्रहीहरु मर्कोमा पर्ने गरेका छन । इनटरनेट सेवा नहुँदा दैनिक १ सय भन्दा बढी वल्र्डलिकं कम्युनिकेशन हुम्लाको सम्पर्क कार्यालयबाट सेवा लिदै आएको वल्र्डलिकं कम्युनिकेशन हुम्लाका संयोजक रामजन रावतको भनाई छ ।
बैकिङ्ग सेवा बन्द
जिल्लाका राष्ट्रिय वाणिज्य बैक ,कषि विकास बैक,साग्रिला विकास, सिटिजन,निधन उत्थान विकास बैक लगायत बैक तथा वितिय संस्थाहरु इन्टरनेट नचल्दा बैकिङ्ग सेवा बन्द भएका छन ।

यहाँ कमेन्ट गर्नुहोस्