१६ चैत्र २०८०, शुक्रबार

हुम्ला-बाजुरा सडक खण्ड जोड्ने कबाडी खोलामा बेलिब्रिज जडान

Khabarsabaiko बिहिबार, माघ ०२, २०७६

कर्णाली करिडोर अन्तर्गत हुम्ला-बाजुरा सडक खण्ड जोड्ने कबाडी खोलामा बेलिब्रिज जडानको काम सकिएको छ । बेलिब्रिज  २४ पुसमा सम्पन्न भएको हो ।

२०७६ वैशाखमा निर्माण कार्य  सुरु भएको  बेलिब्रिजको काम २४ पुसमा सम्पन्न भएको कर्णाली करिडोर आयोजनाको प्राविधिक सेनानी इन्जिनियर मिलन कार्कीले बताए । कार्कीका अनुसार बेलिब्रिजमा फलाम जोड्ने काम सकिएको छ । अब र्‍याम ढलान कार्य बाँकी छ । माघ महिनाको अन्तिमसम्म सम्पूर्ण कार्य सम्पन्न हुने कार्कीको भनाई छ ।

यहाँ कमेन्ट गर्नुहोस्