०१ कार्तिक २०८१, बिहिबार

सिमकोटमा सिसि क्यामरा जडान

Khabarsabaiko बिहिबार, माघ ०२, २०७६

हुम्ला सदरमुकाम सिमकोटमा, सिमकोट गाउँपालिकाले सिसि क्यामरा जडान गरिएको छ ।  दैनिक चोरी, झैझगडा जस्ता गतिबिधी बढे पछि त्यसको निगरानी गर्न सिसि टिभी क्यामरा जाडन गरिएको बताईएको छ ।

बजारका मुख्य मुख्य चोकहरुमा सिसि क्यामेरा जडान गरिएको सिमकोट गाउँपालिकाका सूचना तथा संचार प्रविधि अधिकृत छिरिङ युङडुङ लामाले जानकारी दिएका छन् । पाँच लाखको लगानीमा ७ वटा क्यामेरा जडान गरेको उनले जानकारी दिए, क्यामेराको कन्ट्रोल जिल्ला प्रहरी कार्यालय हुम्लामा रहेको छ ।

अब विभिन्न गतिविधिहरूको रेकर्ड सिसि क्यामेराबाट हेर्न सकिने जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी रामप्रसाद घर्तिमगरले बताए ।
सदरमुकाम सिमकोटको तिनधारा चोक, एयरपोर्ट चोक, लोकतन्त्र चोक, काटेचुली चौक लगायतका स्थानमा क्यामरा जडान गरिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्